
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिने पक्का भउको छ । महानगरपालिकाले प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग बुधबार सम्झौता गरेको छ । नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । महानगरपालिकाले नेपाल ट्रष्टसँग १० वर्षका लागि यो सम्झौता […]
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन् । उनीहरूको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । पक्राउ परेकाहरूमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको […]
काठमाडौं १६ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै काँधमा छ। तापनि, उनले मन्त्री नियुक्त गरेर जिम्मेवारी सुम्पिन सकेका छैनन्। करिब तीन महिनामा दोस्रोपटक हालै विश्वासको मत लिएका दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन दल धेरै र मन्त्रालयको संख्या थोरै भएपछि भागबन्डामा सकस देखिएको छ। कांग्रेसले १०, माओवादीले प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपा ३÷३, लोसपा […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका थिए । बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए । भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।
काठमाडौं । लामो समय काँकरभिट्टा प्रहरीमा घुमुवा बसेर तस्कर हरुसँग रकम उठाइ कमाउ धन्दा गर्ने प्रहरी बिनोद मण्डल पुनः काँकरभिट्टा काज आएका छन । प्रहरी सहायक हवल्दार विनोद मण्डल हाकिमको इसारामा सुचना संकलन गर्ने भन्दै तस्कर हरुसँग रकम उठाइ कमाउ धन्दा चलाउँने प्रहरीका रुपमा बिगतमा समेत विवादमा आएका थिए । सादा पोशाकका प्रहरीको सहयोगमा तस्करले […]
काठमाडौं । राष्ट्रिय सभा सांसद विमला राई पौड्यालले केही युवाहरूमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छन्। मंगलबार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए। जसमा प्रहरीले युवाहरूको मुख थुनेर बोल्न नदिएको भन्दै भिडिओ सार्वजनिक भएको थियो। उनीहरूलाई प्रहरीले […]
काठमाडौँ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल सुरु भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा संकल्प प्रस्तावमाथि अहिले छलफल जारी छ । सांसद भुवनबहादुर सुनार प्रस्तावक रहेको संकल्प प्रस्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर […]
काठमाडौँ । अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजरलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गैरकानुनी बेटिङ खेलाउने गिरोहका सदस्यलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार प्रहरीले वान एक्स बेटका मास्टर म्यानेजरहरू दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज […]
काठमाडौं । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको भे१ख २२०१ नम्बरको ट्रक दुर्घटना भएको हो । बुधबार बिहान करिब ८ बजेर ४० मिनेटमा गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको डीएसपी लम्सालले जानकारी दिनुभयो । ट्रक चालक बाँकेका ३० वर्षीय कृष्ण चौधरी र […]
विराटनगर । मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा अतिविपन्न एक परिवारलाई छिमेकीले मरणासन्न हुने गरि कुटपिट गरेको घटनालाई प्रहरीले वेवास्ता गरेको छ । पीडक पहुँचवाला हुँदा स्थानीय जनप्रतिनिधि समेत बोल्न नसक्ने स्थितिमा हुँदा प्रहरीले समेत न्याय दिलाउन आनाकानी गर्दै आएको हो । केहिदिन अगाडी ५६ वर्षीया ममतादेवी सिंहको घरमा आन्तरिक सामान्य विवाद उत्पन्न भएको थियो । […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी भएको छ। मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका हुन्। कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ […]
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो । प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा […]