नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले २४ जना एसएसपीको सरूवा गरेको हो। कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख पनि फेरेको छ। काठमाडौंमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्कीको सरूवा भएको छ। यहाँ हाल भरत बोहरा हाल कार्यरत छन्। […]
काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो। केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछानेलाई […]
काठमाडौं। नेकपा एमाले परित्याग गरेको घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा भुसालले एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्। एमालेभित्रको अन्तरविरोध चर्किँदा माधव नेपाल पक्षमा लागेका भुसालले माधव नेपालले पार्टी विभाजन गरेपछि भने एमाले मै बसेका थिए। एमाले भित्र रहेर वाम गठबन्धनको वकालत गर्दै […]
काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । एक नाबालिकालाई बलात्कार […]
काठमाडौं । मादक पदार्थ सेवन गरेरमहिलामाथि दुव्र्यवहार गर्ने बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले माफी मागेका छन् शिवाकोटीले गत मंगलवार साँझ प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जिनाजंग कार्कीमाथि दुव्र्यवहार गरेका थिए । दुव्यवहारको घटना लगत्तै कार्कीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी थिइन् । आफुमाथि दुव्र्यवहार भएको भन्दै उनले प्रहरीमा ठाडो उजुरी गरेकी थिइन् […]
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश नभई कानुनको पालना गर्न निर्देशन दिएका छन्। बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए। ‘सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु,’ उनले भने, ‘कानुनको पालना गर्न र […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भइरहेको हो । छलफलमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ । बिहीबार नै बस्ने भनिएको सत्तारुढ गठबन्धन बैठकअघि […]
मेचीनगर । मेचीनगरका क्रियाशील ६ राजनीतिक दलले मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई आज ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा उनीहरूका नौ वटा माग रहेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र एकीकृत समाजवादीका तर्फबाट नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रको पहिलो माग नै मेचीनगर नगरपालिकाले गैरकानुनी ढङ्गबाट प्रमुख […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमा पाटन उच्च अदालतमा सुनुवाइ सकिएको छ। यसअघि ३ पटक पेशी चढे पनि सुनवाइ हुन नसकेको निवेदनमा बिहीबार सुनुवाइ भएको हो। उनको निवेदनको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको थियो। उनको मुद्दामा अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन्। […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपराह्न एमाले संसदीय दलका नेता समेत रहेका रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । रावलले ३ सदस्यीय मन्त्रिपरिषद् पनि बनाएका छन् । माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले बिहीबार नै मन्त्रीको शपथ […]
बिर्तामोड । अवैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि झापामा अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले उद्योगको अनुगमन गर्दै अवैध रुपमा क्रसर सञ्चालन गर्नेहरूलाई बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सोमवार मात्रै ६ वटा क्रसरको अनुगमन गरेको छ । अनुगमन गरिएका सबै क्रसर मापदण्ड विपरीत सञ्चालनमा रहेकोले […]
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्। प्रदेश प्रमुखको कार्यालयले लुम्बिनी प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा आज दिउँसो १ बजे उनकाे पद तथा गोपनीयताको शपथ ग्रहण समारोहकाे आयाेजना गरेकाे हाे। नेपालको संविधान धारा १७२ बमोजिम मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री […]