हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडालाई बजेटमा उपेक्षा गरेको आरोप लागिरहेको बागमती प्रदेशले यो पटक हेटौँडा उपमहानगरपालिकाको हुँदै नभएको वडालाई बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले १९ वटा वडा रहेको उपमहानगरपालिकाको वडा नम्बर २० र २२ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । बजेट पूर्वाधार विकास कार्यालय चितवनबाट कार्यान्वयन हुनेगरी हेटौँडा २० […]
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु […]
दाङ । नातिलाई आफ्नो छोरा बनाएर नागरिकता बनाइदिएको अभियोगमा दाङमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तिका बाजे नाता पर्ने राजपुर गाउँपालिका– ५ सिमलखुटीका ज्ञान बहादुर विक, बोइ (हजुर आमा) नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाति) विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरू सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश […]
विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षबीच सोमबार वार्ता भएको छ । सोमबार विराटनगरको होटल विगमा करिब ५ घण्टा वार्ता भएको हो । वार्ता सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै दुबै पक्षले छलफल सौहार्द्धपूर्ण भएको र फेरि वार्तामार्फत नै अघि बढ्ने बताएका छन् । उनीहरुले दुबै पक्षको सल्लाहमा वार्ताको अर्को मिति तोक्ने सहमति […]
विराटनगर । पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ […]
विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । हराइरहेका २८ जनाको खोजी जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्वार र खोजीमा जुटेका छन् । पहाडी भेगमा आज पनि पानी परिरहेकाले खोजउद्धार प्रभावित भएको बताइएको छ । सशस्त्रका डीआईजी अन्जनीकुमार पोखरेलले खोजी कार्य […]
मेचीनगर ।। दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरि कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस अनुदान वितरण गरेको हो । आज रितिका डेरी उद्योग मेचीनगर १२ […]
विराटनगर । कोशी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच वार्ता सुरु भएको छ । विराटनगरको विग होटलमा वार्ता जारी छ । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका […]
दाङ । दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही-३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । उनका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई […]
जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग निर्माणमा गरिएको लापरबाहीका कारण सिरहाको लहान नगरपालिकास्थित एक नीजि विद्यालयको बसमा आगो लागेको छ । विद्यार्थी ल्याउन गइरहेको बेला बा १ क २४४९ नम्बरको स्कूल बसमा आगो लागेको हो । आगो लागेर बस क्षतिग्रस्त बनेको छ । आगो लागेका बेला बसमा विद्यार्थी थिएनन्, ड्राइभर कुदेर ज्यान जोगाए । आगोले ध्वस्त बनेको […]
सैँतिस वर्षीय सुशीला शाही कैलाली जिल्लाका पालिकाहरूमा कार्यकारी जिम्मेवारीमा निर्वाचित हुने पहिलो महिला नगर प्रमुख हुनुहुन्छ। नेपाली कांगे्रसको तर्फबाट निर्वाचित उहाँ नगरपालिका सङ्घकी सदस्य तथा महिला विभाग प्रमुख पनि हुनुहुन्छ। प्रस्तुत छ, नगरपालिकाका विभिन्न विषयमा केन्द्रित रहेर लम्कीचुहा नगरपालिकाका प्रमुख शाहीसँग गोरखापत्र दैनिकका लागि टीकापुर समाचारदाता एकिन्द्र तिमिल्सेनाले गरेको कुराकानी। एक वर्षमा के के गर्न सकिँदो रहेछ ? […]
कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटनामा परेको छ । आइतबार बिहान धनगढीबाट नेपालगन्ज जाने क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबइमा दुर्घटनामा परेको हो । प्रजिअ कट्टेल सवार सरकारी गाडी मिनी ट्रकमा ठोक्किएको हो । दुर्घटनामा आफू सवार गाडीको अगाडिको भागमा क्षति भए पनि […]