sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लम्पी स्कीनबाट आठ हजार पशुचौपाया सङ्क्रमित

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १६:३३
लम्पी स्कीनबाट आठ हजार पशुचौपाया सङ्क्रमित

बैतडी । बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार जिल्लामा गत मङ्सिरमा पाटनमा केही किसानले पालेका पशुमा यो रोग देखिएको थियो । हाल जिल्लाभरि फैलिएको छ । लम्पी स्कीनबाट बाच्छाबाच्छी, गाई, गोरु र भैँसी बढी प्रभावित भएका छन् । लम्पी स्कीनबाट दुई हजार तीन सय ४८ बाच्छाबाच्छी, दुई हजार नौ सय ६० गाई, दुई हजार दुई सय ८० गोरु र छ सय ४५ भैँसी सङ्क्रमित भएका छन् ।

लम्पी स्कीन रोगले गाई, गोरु र भैँसी धमाधम मर्न थालेका छन् । हालसम्म एक सय ३५ बाच्छाबाच्छी, एक सय ७६ गाई, एक सय ३२ गोरु र ३० भैँसी मरिसकेका पन्तले जानकारी दिनुभयो । लम्पीस्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन् । घरपालुवा पशुमा सङ्क्रमण र उक्त रोगले धमाधम मर्न थालेपछि चिन्ता बढेको दोगडाकेदार–३ श्रीकोटका मानसिंह विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरपालुवा जनावर धमाधम थला पर्न थालेका छन् । औषधि उपचार पनि छैन ।”

मकै छर्ने बेला गोरु बिरामी भएको उल्लेख गर्दै विष्टले रोपाइँ गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मकै छर्ने बेला गोरु बिरामी भएर समस्या भयो, अब रोपाइँ गर्ने बेला भयो, के गर्ने भन्ने चिन्त छ ।” रोगबारे प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गराइसकेको प्रमुख पन्तले बताउनुभयो । जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ ।

नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पन्तको भनाइ छ । लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ । उहाँले भन्नुभयो, “सामान्य औषद्योउपचारबाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्ति मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन । अहिले सङ्क्रमित देखिएका पशु पनि मर्ने क्रम झन् बढ्ने देखिन्छ ।”

लम्पी स्कीन रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दश जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड रहेको छ । उहाँले भन्नुभयो, “रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्छ । जिल्लामा गत फागुनमा यो रोग भएको प्रमाणित भएको थियो । पशुचौपायामा ज्वरो आउने, सिँगान तथा ¥याल बगाउने, शरीरमा गिर्खा आउने, दखुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् ।

यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन अपिल गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागी गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । रासस

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid