काठमाडौँ । वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ । भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो । सोमबारदेखि धमाधम बेलीब्रीजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिनुभयो । बेलीब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उहाँले जानकारी दिनुभयो । […]
ताप्लेजुङ । गत शनिबार राति ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ। अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन्। सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै परिवारका ३ गरी ४ जनालाई बगाएको थियो। ४ जनामध्ये आइतबार बिहान १ जनाको शव भेट्टिएको थियो भने एकै घरका परिवारको ३ जना […]
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडालाई बजेटमा उपेक्षा गरेको आरोप लागिरहेको बागमती प्रदेशले यो पटक हेटौँडा उपमहानगरपालिकाको हुँदै नभएको वडालाई बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले १९ वटा वडा रहेको उपमहानगरपालिकाको वडा नम्बर २० र २२ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । बजेट पूर्वाधार विकास कार्यालय चितवनबाट कार्यान्वयन हुनेगरी हेटौँडा २० […]
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु […]
दाङ । नातिलाई आफ्नो छोरा बनाएर नागरिकता बनाइदिएको अभियोगमा दाङमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तिका बाजे नाता पर्ने राजपुर गाउँपालिका– ५ सिमलखुटीका ज्ञान बहादुर विक, बोइ (हजुर आमा) नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाति) विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरू सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश […]
विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षबीच सोमबार वार्ता भएको छ । सोमबार विराटनगरको होटल विगमा करिब ५ घण्टा वार्ता भएको हो । वार्ता सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै दुबै पक्षले छलफल सौहार्द्धपूर्ण भएको र फेरि वार्तामार्फत नै अघि बढ्ने बताएका छन् । उनीहरुले दुबै पक्षको सल्लाहमा वार्ताको अर्को मिति तोक्ने सहमति […]
विराटनगर । पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ […]
विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । हराइरहेका २८ जनाको खोजी जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्वार र खोजीमा जुटेका छन् । पहाडी भेगमा आज पनि पानी परिरहेकाले खोजउद्धार प्रभावित भएको बताइएको छ । सशस्त्रका डीआईजी अन्जनीकुमार पोखरेलले खोजी कार्य […]
मेचीनगर ।। दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरि कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस अनुदान वितरण गरेको हो । आज रितिका डेरी उद्योग मेचीनगर १२ […]
विराटनगर । कोशी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच वार्ता सुरु भएको छ । विराटनगरको विग होटलमा वार्ता जारी छ । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका […]
दाङ । दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही-३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । उनका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई […]
जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग निर्माणमा गरिएको लापरबाहीका कारण सिरहाको लहान नगरपालिकास्थित एक नीजि विद्यालयको बसमा आगो लागेको छ । विद्यार्थी ल्याउन गइरहेको बेला बा १ क २४४९ नम्बरको स्कूल बसमा आगो लागेको हो । आगो लागेर बस क्षतिग्रस्त बनेको छ । आगो लागेका बेला बसमा विद्यार्थी थिएनन्, ड्राइभर कुदेर ज्यान जोगाए । आगोले ध्वस्त बनेको […]