सुर्खेत । कर्णाली प्रदेश सभाका सबै विषयगत समितिको सभापति चयन गरिएको छ । समितिका सभापतिको आइतबार सम्पन्न निर्वाचनमा समितिका सबै सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार वटा विषयगत समिति रहेका छन् । प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेश मामिला समितिको सभातिमा प्रदेश सभा सदस्य कल्याणी खड्का, सामाजिक विकास समितिको […]
घोराही । लमही नगरपालिकाले वडा नम्बर ४ को बुट्कहावा–सेम्रहवाको नर्सरीमा अवैध रूपमा भण्डार गरेर राखेको ५९४ घनमिटर ढुङ्गा जफत गरेको छ। शनिबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको नेतृत्वमा गएको अनुगमन टोलीले राजस्व नतिरी राप्ती नदीबाट अवैध तरिकाले भण्डारण गरेर राखेको नदीजन्य पदार्थ ढुङ्गा नियन्त्रणमा लिएको हो। उपप्रमुख योगीका अनुसार शनिबार नै अवैध रूपमा ढुवानी गर्दै […]
म्याग्दी । बेनी नगरपालिका–१, रत्नेचौरको भुवानेमा तीन वर्षअघि पुग्दा दुहुना भैँसी र गाईले गोठ भरिभराउ थियो। एक वर्षयता गोठ रित्तो छ। करिब दुई करोड रुपियाँ लगानी गरेर भैँसीपालन व्यवसाय गर्नुभएका बागलुङ नगरपालिकाका सुनील श्रेष्ठको गोठ रित्तो छ। भुवानेका सात/आठ जनाको जग्गा भाडामा लिएर श्रेष्ठले पशुपालन व्यवसायका लागि करिब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार […]
लहान, । प्रादेशिक अस्पताल लहानको प्रवेशद्वारमा मध्यराति अलपत्र अवस्थामा फेला परेका १५ दिने नवजात शिशु बालिकालाई अस्पतालकै नर्स विमला थापाले तत्काल संरक्षकत्व प्रदान गर्नुभएको छ। यही शुक्रबार राति १२:३० बजे अस्पतालको प्रवेशद्वारमा रहेको एक काउन्टरमा अलपत्र अवस्थामा राखिएकी शिशु रोएपछि सुरक्षाकर्मीले चिकित्सक टोलीलाई खबर गरेका थिए। चिकित्सक टोलीले नवजात शिशुलाई प्रसूति बाल कक्षमा ल्याएर तत्कालै […]
विराटनगर । पहिचान पक्षधरको आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले एकै रङ्को हेलमेट लगाएको पाइएको छ । कोशी प्रदेशको नाम संसोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । आइतबारबाट प्रदेशसभा भवन घेर्नका लागि पुगेका प्रदर्शनकारीसँग एलभी लेखिएको कालो रङको हेलमेट लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले बताए । ‘एलभी’ संघीय […]
तानसेन । तानसेन नगरपालिकाको आयोजनामा वृत्ति विकास तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार मेलाबाट २९० जनाले रोजगार पाउने भएका छन् भने शुक्रवार तीन जनाले रोजगारी पाएसँगे नियुक्त समेत लिए । ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गरेको हो । रोजगार मेलाका […]
मलेखु। धादिङको गजुरी गाउँपालिका–२ चामबासका पहिरो विस्थापितले १०औँ पटक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । विस्थापित बनेको पाँच वर्षमा यहाँका उनीहरूले ज्ञापनपत्र बुझाएको यो १०औँ पटक हो । विस्थापितले बुझाएको ज्ञापनपत्रमा लेखिएका केही बाध्य र प्रश्नले पनि विस्थापितको पीडा कतिसम्म रहेछ भन्नेकुरा बुझ्न सकिन्छ । विज्ञप्तिमा भनिएको छ, “हावाहुरी र पानी आउँदा ठूला […]
धनगढी । कैलालीको टीकापुर बहुुमुखी क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थी शिक्षकको माग गर्दै आन्दोलित भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पससमेत रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिए पनि कानून विषयकै शिक्षक पदपूर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । एलएलबी तेस्रो संकायमा अध्ययनरत मनिषा चन्दले पहिलो सेमेष्टरदेखि नै कानून विषयको प्राध्यापकविना अध्ययन […]
विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो । मोरङका प्रमुख […]
धनुषामा । धनुषामा अवैध उत्खनन रोक्न गएका प्रहरीमाथि कु टपिट भएको छ । बिहीबार राति मिथिला नगरपालिका –५, श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट भएको हो । अवैध उत्खनन्कर्ताको हमलाबाट एक जना प्रहरी जवानलाई चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले अवैध उत्खननकर्तालाई नियन्त्रणमा लिने […]
जनकपुरधाम । मधेस प्रदेशको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको न क्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन् । हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट प्रयास गर्ने गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा कार्यरत रामनारायण सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बिहीबार पक्राउ गरेको हो । सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरेको […]
काठमाडौँ। अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रसाेधन केन्द्र लैजान नरोकिने भएको छ । विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ । […]