ओखलढुङगा । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बागलुङ । बागलुङ नगरपालिका भित्रका सडक कालोपत्रे भत्किएको भन्दै सडक मर्मत संभार गर्न जथाभावी रूपमा सडक खनिएका खाल्डाखुल्डी पारिएपछि दुर्घटनाको जोखिम बढेर गएको छ । कामको जिम्मेवारी लिएको निर्माण कम्पनीले मुख्य बजारको काम गर्ने मजदुर कम खटाइएको कारण काममा ढिलासुस्ती हुन जादा बजार अस्तब्यस्त बनेको छ । बागलुङ नगरपालिकाले बजार एरियाको सडक टालटुल पारि कालोपत्रे गर्न […]
काठमाडौं प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद […]
सिरहा । सिरहाको सदरमुकाम सिरहामा रहेको चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाले नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्ससँग विभिन्न मितिमा पटक पटक लिएको सरसमानको भुक्तानी दिनमा आलटाल गर्दै आएको रहस्य खुलेको छ । माग पत्र जारी गर्दै जनमाविका प्राचार्य मधुसुदन कर्णको हस्ताक्षरित माग पत्रको आधारमा विभिन्न मितिमा पटक–पटक भवन निर्माण सामग्री दिए वापतको रकम भुक्तानीमा विद्यालयले आलटाल […]
वसन्तपुर। वसन्तपुरको चो?लुङ पार्कमा बुधवार मध्यान्ह महिला सुरक्षाकर्मी आगन्तुकहरूलाई कराउँदै थिइन् ‘त्यो बोट नहल्लाउनोस् ।’ त्यहाँ ससाना कलमी बोटमा फुलेका गुराँसको फुल आगन्तुकहरूबाट जोगाउन उनी विशेष रूपमा खटिएकी थिइन् । पार्कमा गुराँसका धेरै प्रजातिका कलमी बोटहरू भएपनि यसपालि केही बोटमा मात्र गुराँस फुलेका थिए । गुराँसको राजधानी तिनजुरे तिर यसपालि गुराँस फाटफुट बाहेक राताम्यै फुलेन […]
सिरहा । सिरहामा आज पुनः मन्दिर भत्काउन जाँदा ठेकेदारलाई लँगूर र सर्पले पनि रोकेको छ । डोजर लिएर दोस्रो दिन मन्दिर भत्काउन पुगेका ठेकेदारलाई सर्प र लँगूर देखेपछि पुनः फिर्ता भएका छन् । सिरहाको नरहा गाउँपालिका वडा नं. ३ नयाँ चोहर्बाचोकस्थित रहेको डिहबारको मन्दिर भत्काउन खोजेपछि बुधबार लँगूरले अडान लिए भने आज लँगूरसहित सर्प पनि त्यही […]
सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने सङ्ख्या […]
विराटनगर । मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा […]
कैलाली । बझाङको छबिसपाथिभेरा ४ ब्याँसीमा सडकको काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको हत्या भएको छ । जाजरकोट, भेरी नगरपालिका ४ बाट बझाङ आएर मजदुरी गरिरहेका बिकको उनको उनीसँगै मजदुरी गर्न आएका रोहन सुनारले हत्या गरेको जिल्ला प्रहरी कर्यालय बझाङका प्रमुख प्रहरी नायव परीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । हिजो राति रोहनले मदिरा सेवन […]
सिरहा । राजमार्ग निर्माणको क्रममा सडकमा परेको भन्दै मन्दिर भत्काउन गएका ठेकेदारलाई लँगूरले मन्दिर भत्काउन दिएनन् भनेर भन्दा पत्यार नलाग्ला, तर घटना सत्य हो । सिरहा जिल्लास्थित नरहा गाउँपालिकाको वडा नं. ३ नयाँ चोक चोहर्बास्थित रहेको पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको नगर डिहबारको मन्दिरमा डोजर चलाउन जाँदा एक लँगूर (बाँदर प्रजाती) ले पहरा दिएर रोकेका छन् । […]
काठमाडौं मधेस प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। मधेस प्रदेश सरकारमा रहेका एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोज यादवलाई राजीनामा बुझाएका हुन्। एमालेबाट सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी प्रदेश मामिला तथा कानुन मन्त्री, सत्रुधन सिंह कोइरी गृह तथा सञ्चार मन्त्री, मोहम्मद जैद आलम महिला बालबालिका युवा तथा […]
काठमाडौं। यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट पत्रकार कुशलभ केसी सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को विशेष अवसरमा नगद सहित केसीलाई उक्त पुरस्कार प्रदान गरेको हो। क्राइम टिभीका प्रस्तोता समेत रहेका पत्रकार केसीलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मानपत्र हस्तान्तरण गरेका हुन्। करिब […]