कावासोती । लोपोन्मुख गिद्ध संरक्षण गर्न १८ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती नगरपालिका –१३ पिठौलीमा स्थापना गरिएको जटायु रेष्टुरेन्ट अहिले पर्यापर्यटनको गन्तव्यसँगै जैविक विविधता अध्ययन केन्द्रका रूपमा विकास हुँदैगएको छ । विगत पाँच वर्ष यता यहाँ जैविक विविधता, पर्यापर्यटन एवम् वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, गिद्धका प्रजाति, गिद्धको जीवनशैली र वासस्थानका विषयमा […]
स्याङ्जा, वैशाख ३ गते । गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले आलो पालो गर्ने गरी सहमति भएको छ । नेकपा (एमाले)को नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएको एक महिना पुग्नै लाग्दा यस्तो सहमति भएको हो । प्रधानमन्त्री निवासमा बालुवाटारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), काँग्रेस सभापति शेर […]
पोखरा । संवैधानिक व्यवस्थाअनुसार गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने समयसीमाको अन्तिम दिन प्रदेशसभा अधिवेशन आह्वान भएको छ । वैशाख ९ गते प्रदेश सभाको अधिवेशन डाक्ने र प्रदेश सभा सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्री अधिकारीले तयारी गरेका छन् । राष्ट्रपतिको निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकी प्रदेशमा पनि चैत ९ गते […]
गोरखा । गोरखा नगरपालिकाले दमकल किनेको ५ वर्ष भयो । यो अवधिमा लक्ष्मीबजारस्थित एक घरको आगो निभाउनबाहेक यसको प्रयोग हुन सकेको छैन । पाँच बर्षको अन्तरालमा जिल्लामा आगलागीका धेरै घटना भएका छन् । हिजोआज नगर क्षेत्रमै दिनहुँजसो वन डढेलोको घटना भइरहेका छन् । तर जिल्लाबासीले दमकलको साथ पाएका छैनन् । मेयर कृष्ण रानामगर सडकका कारण […]
पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा सातवटा भेन्टिलेटर रहेका छन् । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन् । कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र […]
दमौली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन्। कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका- ४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गरेका हुन्। ‘भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका […]
दश पालिकाका ३७ वडा पहिरोको उच्च जोखिम क्षेत्र बागलुङ । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको हो । पहिरोकै कारण हरेक वर्ष नागरिकले ज्यान गुमाउनु परेको छ । जिल्लाका दश स्थानीय तहबाट […]
कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए । सो अवसरमा उनले दरबार खुला गर्ने योजनाअनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रष्टको बैठक राखेर आग्रह गरिसकेको जानकारी दिए । नयाँ वर्षसँगै सर्वसाधारणले अवलोकन गर्ने गरी खुला […]
नवलपरासी । चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन हुने क्रम बढ्न थालेको छ । हरेक दिन चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा उत्खनन हुँदासमेत कारबाही हुन नसकेको भन्दै स्थानीहरूले विरोध जनाएका हुन् । कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन एक–अर्कालाई दोष लगाएर पन्छिँदा उत्खननको क्रम झनै […]
बागलुङ । बागलुङ नगरपालिका भित्रका सडक कालोपत्रे भत्किएको भन्दै सडक मर्मत संभार गर्न जथाभावी रूपमा सडक खनिएका खाल्डाखुल्डी पारिएपछि दुर्घटनाको जोखिम बढेर गएको छ । कामको जिम्मेवारी लिएको निर्माण कम्पनीले मुख्य बजारको काम गर्ने मजदुर कम खटाइएको कारण काममा ढिलासुस्ती हुन जादा बजार अस्तब्यस्त बनेको छ । बागलुङ नगरपालिकाले बजार एरियाको सडक टालटुल पारि कालोपत्रे गर्न […]
बागलुङ । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो। आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे। पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका- १ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए। बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ। सोही वर्ष जैमिनी- ९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे। मानवीय […]
पोखरा । पोखरा महानगरपालिकाले ढाब घाटमा लगाएको ठेक्का डेढ महिनामै रद्द गरेको छ । उच्च अदालत पोखराको आदेशपछि ढाबघाट अन्तर्गत विभिन्न ठाउँबाट नदीजन्य सामग्रीहरू घाट गद्दी ढुंगा, गिट्टी, बालुवा, दहत्तर, बहत्तर आदिको बिक्री शुल्क संकलन गर्ने सम्बन्धी ठेक्का महानगरपालिकाले १२ चैतमा रद्द गरेको हो । महानगरपालिकाले माघ २५ गते सिटी बिल्डर्ससँग घाट ठेक्का सम्झौता गरेको […]