काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको जनाएको छ । यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन […]
आइतबार विश्वको सबैभन्दा प्रदूषित सहरको शीर्ष स्थानमा काठमाडौं पर्यो। फोरा दरबारमा रहेको प्रदूषण मापन केन्द्रले काठमाडौं उपत्यकाको प्रदूषण तह २१८ पुगेको देखाएको थियो । यसबाट के बुझ्न सकिन्छ भने स्वास्थ्य राम्रो बनाउन प्रदूषणबाट पनि जोगिन अति जरुरी छ । प्रदूषणले फोक्सोका साथै आँखालाई पनि असर गरिरहेको हुन्छ । विषाक्त वायुबाट नाक र मुखलाई बचाउन मास्क […]
धरान। निजी क्षेत्रबाट सञ्चालित धरानको बिजयपुर हस्पिटलले क्यान्सर र न्युरो सर्जरीको उपचार सेवा सुरू गरेको छ । सुनसरीको विजयपुर हस्पिटलले क्यान्सर र न्यूरो सर्जरी उपचार सुरू गरेको हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बताए । न्युरो सर्जरी, हाडजोर्नी,शल्यक्रिया, प्रसूति तथा स्त्री, बाल रोक, नाक, कान घाँटी, छाला, जनरल मेडिसिन, दाँत, आँखाको उपचार गर्दै आएको बिजय हस्पिटलले बिरामीको […]
काठमाडौं । शारीरिक तन्दुरुस्तीका लागि सर्वप्रिय खेल हो, ब्याडमिन्टन । खेल्दा रमाइलो हुने, शारीरिक व्यायाम पनि । त्यसैले त व्यावसायिक हिसाबले मात्र होइन, व्यायामका लागि खेल्नेहरु पनि उत्तिकै छन् । शरीरलाई चुस्त, फूर्तिलो र लचिलो राख्न कतिपय ब्याडमिन्टन खेल्ने गर्छन् । बिहानको एकाध समय ब्याडमिन्टन खेलेपछि ज्यान फूर्तिलो भएको पनि अनुभव हुन्छ । तर के […]
नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि उकालो लागेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार १४१ पुगेको हो। पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेमा गुजरातमा ६,युपीमा ४,दिल्ली राजस्थानमा ३–३,महाराष्ट्रमा २,बिहार छत्तीसगढ,हिमाचल प्रदेश,झारखण्ड,केरल तथा तमिलनाडुमा १÷१ […]
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६०४ नमुनामध्ये ३६४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २४० जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जना गरी ९९ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३७७ पुगेको छ भने संस्थागत […]
थाइराइड एउटा ग्रन्थि हो, जुन सानो पुतली आकारको हुन्छ । घाँटीको अगाडि भाग रुद्रघण्टीको ठीक तल रहने यो ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हार्मोन उत्पादन गर्छ । सोही हार्मोनले नै शरीरका अंगहरुको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइड ग्रन्थिले आफ्नो सामान्य काम गर्न छाड्दा यसको समस्या हुन्छ । थाइराइडको समस्या हार्मोन बढी वा कम […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्साशास्त्रअन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावनाविपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरिन्। सरकारले बढी अंक ल्याएका […]
धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो । उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।
काठमाडौं । थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १४८८ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५४१ र एन्टीजेनबाट ९४७ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४२ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ७४ जना संक्रमित […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले विद्यार्थीले स्थानान्तरण अर्थात ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ । बुधबार बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले विद्यार्थीहरुले कलेज स्थानान्तरण गर्न नपाउने निर्णय स्थगन गर्ने निर्णय गरेको हो । गत फागुन २८ गते त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदको बैठकले सम्बन्धन प्राप्त कलेजबाट आंगिक क्याम्पसमा र आंगिकबाट सम्बन्धन प्राप्त […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो। भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ। मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा […]