पूर्वी नवलपरासीमा कार र ट्रक ठोक्किँदा एक जनाको मृत्यु डण्डामा भएको दुर्घटनामा दुई जना घाइते नवलपरासी ।। पूर्वी नवलपरासीमा कार र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । डण्डामा भएको दुर्घटनामा दुई जना घाइते भएको बताइएको छ। प्रहरीका अनुसार कावासोती नगरपालिका १६, डण्डामा लु. २ ख ५८०५ नम्बरको ट्रकले लु.१च १०२४ नम्बरको कारलाई ठक्कर […]
काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने ३० दिनसम्म माइतीघर-बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा काठमाडौं ।। माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने […]
प्रदेश र चीनको च्याङ्सी प्रान्तबीच मैत्री सम्बन्ध कायम नेपाल–चीन व्यापार संघबीच मैत्रीपूर्ण सहयोगको आशयपत्रमा हस्ताक्षर प्रान्तीय कमिटी र नगरका प्रतिनिधिहरु पनि समारोहमा सहभागी काठमाडौँ ।। बागमती प्रदेश र चीनको च्याङ्सी प्रान्तबीच मैत्री सम्बन्ध कायम भएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा औपचारिक रुपमा सम्बन्ध राखिएको जानकारी दिइएको छ । औपचारिक सम्बन्धसँगै दुई प्रदेश र प्रान्तबीच […]
महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा रुखको फेदमा खाना खाने मैथिल चलन काठमाण्डाै ।। महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अस्पतालमा कानको जटिल शल्यक्रिया अहिले भीआईपी क्याबिन ६०१ मा राखियो काठमाडौं ।। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको आज त्रिवि शिक्षण अस्पतालमा कानको जटिल शल्यक्रिया गरिएको छ । बायाँ कानमा समस्या भएका राईको सोमबार शल्यक्रिया गरी कोक्लियर इम्प्लान्ट गरिएको अस्पतालले जनाएको छ । “उहाँको कोक्लियर इम्प्लान्ट गरिएको हो, अहिले […]
नेपाल प्रहरी अस्पतालमा नर्स माग २० जना स्टाफ नर्सका लागि दरखास्त आह्वान १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने अनुभवको प्रमाणपत्र पनि अनिवार्य काठमाडौँ ।। नेपाल प्रहरी अस्पतालले नर्स माग गरेको छ । आज सूचना प्रकाशित गर्दै अस्पतालले २० जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको हो । अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब […]
दाङमा एकाघरका दाजुभाइ एउटै कोठामा मृत फेला ३४ वर्षीय पूर्णबहादुर बस्नेत र ३० वर्षीय टेकबहादुर बस्नेत प्रारम्भिक अनुसन्धानबाट उनीहरुले विष सेवन गरेको खुलाशा दाङ ।। दाङमा एकाघरका दाजुभाइ एउटै कोठामा मृत फेला परेका छन् । तुलसीपुर–६ गाइडहरमा दुई दाजुभाइ भाडाको कोठामा मृत फेला परेको बताइएको छ । उनीहरु तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेनाका स्थायी बासिन्दा हुन् । […]
सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी गरगहना लगाउनेप्रति विशेष निगरानी केरूङबाट सुनको औठी ल्याई अवैध कारोबारमा संलग्नले झन् कडाई रसुवा।। रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी […]
भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझै राखे एक घण्टामै वर्षभरि खाने अन्न सखाप भाेजपुर ।। भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि ठूलाे समस्या बाँदर आतङ्क भएकाे यहाँका किसानले बताएका हुन् । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि […]
१० रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा विनोद शर्माको इजलासमा प्रारम्भिक सुनुवाइ हुने टिकटक चल्न दिन अन्तरिम आदेशको माग काठमाडौँ ।। टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ । टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो । सर्वोच्च […]
न्यायाधीशको लागि प्रधानन्यायाधीशले अनौपचारिक बैठक राख्दै सहमति जुटाउन न्याय परिषद्का चार सदस्य सर्वोच्च अदालतमा उपस्थित हुने सोमबार सिफारिस गर्ने भन्ने सम्बन्धमा सहमति हुन सकेन काठमाडौँ ।। सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीशको सिफारिसको सम्बन्धमा छलफल गर्न प्रधानन्यायाधीशले अनौपचारिक बैठक डाकेका छन् । न्यायाधीश सिफारिसका सम्बन्धमा सहमति जुटाउन प्रधानन्यायाधीश सहितका न्याय परिषद्का चार सदस्य सर्वोच्च अदालतमा उपस्थित […]
प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकियो युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम उद्घाटन गर्ने काठमाडौँ ।। मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन […]