काठमाण्डाै – सुनको भाउ लगातार बढिरहेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घको जनाएको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ […]
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यसदिन नेप्से परिसूचक ०.३७ अंकले घटेर १९०८.२८ विन्दुमा झरेको छ। यो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंकले बढेको छ। प्री ओपन सेसनमा १० स्टकको २२० कित्ता सेयर १ लाख ५ हजार ४५१ रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका स्टकमध्ये ३ को मूल्य बढ्दा ६ को मूल्य […]
पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भए उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर नेपाल लेयर्स कुखुरापालक संघ गठन सरकारको नीतिका कारण धेरै समस्या व्यहोर्नुपर्यो चितवन ।। सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । […]
झापाको दमक २ स्थित हम्सेदुम्से सामुदायिक वन भित्रको जङ्गलमा एक महिलाको शव फेला दमक, असोज २३ गते । झापाको दमक २ स्थित हम्सेदुम्से सामुदायिक वन भित्रको जङ्गलमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५५ देखि ६० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाले बताउनु […]
काठमाडौं : माथिल्लो मैलुङ खोलाको आईपीओ हरेक ९.७ आवेदकमध्ये एक जनालाई पर्ने भएको छ। आईपीओमा साढे ९ लाख आवेदकले सेयर माग गरेका छन्। अन्तिम दिन सोमबार साँझसम्म कम्पनीको आईपीओमा १२ लाख ४९ हजार १ सय ७ जनाले १ अर्ब ३८ करोड ८० लाख ५९ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख ८० हजार ५ सय ९० […]
अरिंगालले टोक्दा दुई बालिकाको मृत्यु स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु जाजरकोट।। जाजरकोटको कुशे गाउँपालिका-१ धाउनीमा अरिंगालले टोक्दा दुई बालिकाको मृत्यु भएको छ। स्थानीय वीरबहादुर सिंहका छोरीहरु नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिताको अरिंगालले टोक्दा मृत्यु भएको टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए। अरिंगालले टोकेपछि गम्भीर घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड […]
गाजामा इजरायलको लगातार हमलालाई लिएर हमासको सैन्य शाखाका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने बताएका छन्। सोमबार जारी गरिएको अडियो बयानमा कसम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले गाजाका नागरिक क्षेत्रमा इजरायली आक्रमण तीव्र भएको बताएका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी घोषणा गर्दछौं कि यदि हाम्रा मानिसहरूलाई कुनै चेतावनी बिना उनीहरूको घरको […]
मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु दुर्घटनामा पाँच जना घाइते एक जनाको खुट्टा फ्याक्चर भएकाले जिल्ला अस्पतालमा उपचार हुँदै ट्रक सडकबाट करिब दुई सय मिटर तल खस्यो काठमाडौं ।। रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।सोमबार नेशिङ्बाट आलु बोकेर […]
काठमाडौं : विश्व मानसिक स्वास्थ्य दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्धन […]
काठमाडौं- युद्धग्रस्त इजरायलको सुरक्षित भनिएको तेल अभिभ सहरमा पनि विस्फोटको भयानक आवाज सुनिएको सीएनएनले जनाएको छ। इजरायलको आइरन डोम एयर डिफेन्स सिस्टमले रकेटहरू रोकिरहँदा र गाजा स्ट्रिपमा इजरायली सेनाले हमलाहरू गर्न थालेपछि एकपछि अर्को, शहरभरि विस्फोटका आवाजहरु सुनिन थालेको जनाइएको छ। विस्फोटको आवाजले सहरका मानिसहरु थप त्रसित बनेको पनि सीएनएनले जनाएको छ। शनिबार आक्रमण भएको […]
इजरायल र हमासबीच द्वन्द्व शुरु भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा धेरै मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । मुख्यगरी गाजामा डर, सुरक्षा चिन्ता र घर भत्केका कारण एक लाख २३ हजारभन्दा धेरै बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका संयुक्त राष्ट्रसङ्घको मानवीय निकायले उल्लेख गरेको छ । ७३ हजारभन्दा धेरैले विद्यालयमा आश्रय लिइरहेका छन् […]
काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलकाे यात्रा नगर्न अनुरोध गरेको छ । हिजो बेलुका मन्त्रालयले सूचना निकालेर श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो । भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय भोलि बिहान १ बजे […]