काठमाण्डाै – किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।’ गएकाे भदौ २९ गते […]
काठमाडौं– प्रहरीले पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका १ हजार ६७९ जनाको उद्धार गरिएको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले देखाएको हो। १ हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ। ब्युरोकै पहलमा ५ […]
काठमाडौं : सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सकहरूले घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्। हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत संघका दुई जना चिकित्सकहरूमाथि कुटपिट गरिएको घटनामा दोषीलाई कारबाही नगरिएकोमा विरोध स्वरूप आइतबार आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो।आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता भएको हो। वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई […]
काठमाडौँ– हरितालिका (तीज) पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरेको हो । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै […]
काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान,काठमाडौँद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले साहित्यकार प्रकाशलाल श्रेष्ठको मुक्तकसङ्ग्रह ” भित्र कतै दुखेपछि ” को लोकार्पण गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि खरेलले कृतिकार श्रेष्ठको प्रशंसा गर्दै आगामी दिनमा मुक्तकका अन्य सङ्ग्रहहरू पनि प्रकाशन गर्न सल्लाह दिनुभयो । नेपाल […]
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच आज वार्ता हुने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले शनिबार अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्य रहेको वार्ता समिति गठन गरेको […]
चितवन, ३१ भदौ : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ […]
काठमाण्डाै – हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ बढेको छ। सुनकाे भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो । यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको […]
महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने प्रचलन छ । भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने प्रचलन रही आएको छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर […]
काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपति मन्दिर वरपर मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको छ। उसले चार किल्ला तोकेर यी पदार्थ किनबेचमा रोक लगाएको हो। आइतबार सार्वजनिक सूचना जारी गर्दै पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने ध्येयले मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको जिल्ला […]
काठमाण्डाै – कर्मचारी सञ्चय कोषले आफनो ६२औँ वार्षिकोत्सव आज मनाउँदैछ । २०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो भने ०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको शुरुवात गरेको थियो । कोषले २०५२ सालदेखि कुटनीतिक नियोग, गैरसरकारी संस्था लगायतको कोष कट्टी गर्दै आइरहेको छ । कोषले ०७६ देखि योगदानमा आधारित […]
दाङ – पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अटवारीलाई मनाउने गर्छन् । पर्वको पहिलो रात दरका रुपमा भात माछा चोखो तरिकाले पकाउने र भाले नबास्दै उठेर खाने चलन रहेको थारू संस्कृतिविद् अशोक थारूले बताउनुभयो । त्यस्तै, अटवारीको दोस्रो […]