जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाए अन्नबालीमा क्षति पाँच सय १७ पटक चितवन ।। गत आर्थिक वर्ष ०७९-८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच-पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन । उनीहरुलाई जनही १० लाखका दरले राहत प्रदान […]
खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता उनको खोजीकार्य जारी बाढी आएको खोला तर्ने क्रममा ट्याक्टर पल्टियो कैलाली ।। बाजुरा सदरमुकाम मार्तडीको अनाई खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता भएका छन् । से २ त ३२२५ नम्बरको ट्याक्टरका चालक कैलालीको जोशीपुर-६ का डुबनारायण चौधरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको खोजीमा नेपाली […]
प्रमुख अतिथी केन्दीय सदस्य कुसुम महर्जनको उपस्थिति थिमी नगरपालिकामा वडा नं ३, ४, ५ र ७ को कमिटी गठन सकियो वडा नं १,२, ६, ८ र ९ को कमिटी गठन हुन बाँकी भक्तपुर । रन्जना काफ्ले ।। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । […]
ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश थुनामै राखेर अनुसन्धान गनुृपर्ने आधार, कारण र औचित्य नदेखिएको काठमाडौं ।। सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।राउतका परिवार बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले […]
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार १७ जनाको हकमा सर्वोच्च अदालतले ४ साउन २०७९ मा जारी गरेको अन्तरिम आदेश पनि खारेज गर्यो काठमाडौं ।। सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी […]
रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले गीत बजाउन नपाउने रोयल्टी नतिर्ने रेडियो-टिभीलाई गीत नबजाउन आह्वान संगीतकार अधिकारी स्रष्टासँग अनुमति लिएर मात्रै गीत बजाउन आग्रह काठमाडौं ।। रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले गीत बजाउन नपाउने भएका छन् । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो-टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ । […]
नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दियो ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पायो काठमाडौं ।। नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दिएको छ । इजाजत पाएका ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पाएको बोर्डले जनाएको छ । बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल […]
राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गर्यो सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्ने काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ । मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि बरामद सुनबारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो । विभागका महानिर्देशक […]
थुनुवा महिला झुण्डिएको अवस्थामा मृत अन्दाजी ४० वर्षिया हजरत खातुन हिरासत कक्षको शौचालयमा झुण्डिएको सर्लाही ।। जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमै एक थुनुवा महिला झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । चक्रघटा गाउँपालिका ८ की अन्दाजी ४० वर्षिया हजरत खातुनले हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएङ्की सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र थारु पजियारले जानकारी दिए । […]
गैंडाको आक्रमणबाट एक जनाको मृत्यु ७६ वर्षीय नवराज अधिकारीलाई बिहिबार आक्रमण जंगलमा खोजी गर्दा आज बिहान शव भेटिएको चितवन ।। चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर नगरपालिका वडा नं. ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको गैंडाको आक्रमणबाट बिहिबार दिउँसो मृत्यु भएको हो । घाँस […]
दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार बलात्कारको आरोपमा दुई जना पक्राउ प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार दाङ ।। दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया […]
चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ सुन तस्करी प्रकरणमा पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको चितवनका अशोक लामा पनि पक्राउ काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको स्रोतले जानकारी दियो । नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट […]