काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलवत ४४ प्रतिशत पुगेको छ । जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन । त्यस्तै आजको बैठक संसदीय समिति गठनको बारेमा पनि छलफल हुने बताइएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १०४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०७९÷८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार रेमिट्यान्स उक्त रकम बराबर भित्रिएको पाइएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत रहेको छ । चालु […]
बुटबल । रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ। सडकमार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रूपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ। बेलहिया नाका हुँदै नेपाल भित्रिने यात्रुहरुमध्ये भारतीय यात्रुहरुमा तुलनात्मक रुपमा सङ्क्रमण बढी देखिएको छ। नाकामा सङ्क्रमण देखिएकाहरु आफ्नै तरिकाले आफ्नो गन्तव्यतर्फ जाँदा […]
बागलुङ सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । बागलुङ प्रहरीले बागलुङको तमानखोला गाउँपालिका–४ (साविक तमान गा.वि.स.–६) का ३९ वर्षीय कृष्णबहादुर विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताए । २०६७ भदौ ३१ गते भएको म्याग्दीको रुम गा.वि.स.–७ का ४६ वर्षीय लालबहादुर विक […]
काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदामा आपत्ति जनाउँदै राजपत्र अनंकित कर्मचारी (नायब सुब्बा र खरिदार) ले आन्दोलन सुरु गरेका छन् । ‘निजामती कर्मचारी स्वतन्त्र अभियान’ नाममा उनीहरुले १५ बुँदे माग राखेर आन्दोलन सुरु गरेका हुन् । १९ चैतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई नासुको आँसु नदेख्ने भन्दै […]
काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जना पक्राउ परेका छन् । मिलनका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरका अनुसार उनको साथमा रहेको घातक हतियार समेत बरामद […]
काठमाडौं कोभिड–१९ को महामारीको बेला २०७६ चैत ११ मा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिको निर्देशनले फास्ट ट्रयाकमा स्वास्थ्य सामग्री खरिद कार्य अघि बढ्यो। जसअनुसार ओम्नि (ओबीसीआई प्राइभेट लिमिटेड) ले पहिलो पटक बिनाप्रतिस्पर्धा चीनबाट मेडिकल सामग्री आपूर्ति गर्ने मौका पायो। ओम्नीले १ अर्ब २४ करोड ६८ लाख रुपैयाँको ठेक्का सम्झौता गरेर पहिलो लटको सामान […]
धनगढी । कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा गोदावरी नगरपालिका–२ की २८ वर्षीया सुत्केरी लक्ष्मी भट्टराई र शिशुको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । सोमबार सुत्केरी र शिशुको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका आफन्त र स्थानीयले घटनाको छानबिन गर्न समिति गठन गर्ने, मृतकका परिवारलाई गोदावरी नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराउने सहमति […]
काठमाडाैँ । भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय गाभिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले अब शीघ्र एकीकरण गर्ने कार्य योजना अघि बढाइएको बताए । नापी विभागका […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको निराशा लामो समय नरहने बताएका छन् । मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । कोभिड–१९बाट जोगाउन सकेको अर्थतन्त्रलाई आफ्नै कमजोरीले अप्ठ्यारोमा परेको भन्दै उनले यो अप्ठ्यारो लामो समय नरहने बताए । ‘कोभिडबाट बचाएको अर्थतन्त्र हाम्रै कारण अप्ठ्यारोमा […]
बेनी म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनामा पालिकास्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालविवाह नियन्त्रण,बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुँदे घोषणापत्र जारी गरेको छ । गर्ल्स फस्ट फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम […]