सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सरकारबारे केन्द्रीय गठबन्धनले छिट्टै निर्णय लिने बताएका छन् । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता शर्माले प्रदेशमा देखिएका उल्झन केन्द्रीय गठबन्धनले सुल्झाउने र कर्णाली प्रदेश सरकारमा कांग्रेससँग नै सहकार्य हुने बताए । मन्त्रिपरिषद पुनर्गठनबारे नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका […]
काठमाडौं दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समीक्षा,कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ मन्त्री,सबै प्रदेशका मुख्यमन्त्री,मुख्यसचिव, जिल्ला समन्वय समिति महासंघ अध्यक्ष, नगरपालिका महासंघ, गाउँपालिका […]
काठमाडौं प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद […]
काठमाडौं बैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले बिहीबार चैत २४ गते शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ […]
चैत १७ गते एकैदिन १ सय ४२ जनामा संक्रमण पुष्टि भयो।कोरोना संक्रमणको वृद्धिले धेरैजनालाई झस्काएको छ।हाल केही दिनयता संक्रमितको संख्या औसतमा दुई अंकमा सीमित रहेको पाइएको छ।संक्रमण सक्रिय भएसँगै सबैमा केही प्रश्नहरू भने उब्जिएका छन्।यो भाइरस कति घातक हो ? जोगिन के गर्नुपर्छ ? भन्ने जिज्ञासा पैदा भएका छन् । संक्रमण सक्रिय देखिन थालेपछि नयाँ […]
रुपन्देही । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । बाँकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि सचिवालय गठन गरेर प्रचार प्रसार, अतिथिहरूलाई आमन्त्रण, मञ्च व्यवस्थापन, खाना र आवास व्यवस्थापन, आर्थिक संकलनलगायतका काम अन्तिम चरणमा पुगेको युवा संघ लुम्बिनी प्रदेश सहसंयोजक सुरज खरेलले जानकारी दिए […]
अमेरिकी डलर साटिदिने बहानामा लुटपाट पर्ने समूह पक्रा काठमाडौं । सस्तो दरमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने बहानामा लुटपाट पर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने प्रलोभनमा पारी श्रृङखलाबद्ध रुपमा ठग्ने र लुट्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ सिङगाचेका २४ वर्षीय विकास […]
काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालयले प्राड/प्राविधिक/हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको भर्ना छनोट निर्देशनालयले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन […]
काठमाडौं । काठमाडौंका ठूला अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेका छन् । मीनभवनस्थित निजामती अस्पतालमा पछिल्लो १० दिनमा २५ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलका अनुसार स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ । ‘चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मी संक्रमित हुँदा इन्डोस्कपी, ईसीजी लगायतका […]
काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् । बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका हुन् । ‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए धेरै पल्ट, पार लागेन’ उनले भने, ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन बेर लगाउँदैनन् किनकि […]
काठमाडौं साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से ८.२८ अंकले घटेर १८६६.७८ मा बन्द भएको छ । यो साताको चौथो कारोबार दिन बुधबार मात्रै नेप्सेमा ८.३९ अंकको वृद्धि भएको थियो । अन्य दिन भने नेप्से घटेको थियो । बिहीबार २३ हजार ३८८ वटा कारोबारमा […]
काठमाडौं उपनिर्वाचन हुने तीन जिल्लामा भोलि शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । चितवन क्षेत्र नम्बर २, बारा –२ र तनहुँ– १ मा १० वैशाखमा उपचुनाव हुँदैछ ।