काठमाडौं । गृह सचिव विनोद प्रकाश सिंहले मिटर ब्याज पीडितलाई धर्नाका कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन् । मंगलबार धर्नास्थल टंगाल पुगेर पीडितलाई भेटेका सचिव सिंहले धर्ना स्थगित गर्न आग्रह गरेका हुन् । पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको उनले बताएका थिए । गृह सचिवसँगको भेटमा आफूहरुले प्रधानमन्त्रीलाई भेटेर पीडा सुनाउन चाहेको संघर्ष समितिका […]
पोखरा । टाउकोमा हेल्मेट लगाएर एक जना युवक अघिअघि छन् । उनीहरुसँग आफ्नो सवारी साधन हुँदैन । उनीहरुको पछिपछि अरु २ जना युवक हुन्छन्, उनीहरुको हातमा हतियार पनि हुन्छ । अघिअघि हिँडिरहेका युवक बाटोमा रोकिराखेको ग १२ प ८६५७ नम्बरको मोटरसाइकल एकैछिनमा आफैं स्टार्ट गरेर हुइँक्याउँदै लैजान्छन् । फागुन ३० गते पोखराको बुलौंदीमा मोटरसाइकल चोरी […]
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा (देवनागरी लिपी)मै लेख्ने गरी कार्ययोजना अघि बढाएको बतााएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यसबारे सम्बन्धित एजेन्सी (ठेकेदार)सँग छलफलमा रहेको बताए । प्रधानमन्त्रीसँग पनि यसबारे छलफल भएको भन्दै उनले यो कार्यायोजनाअनुसार कामले तीव्रता पाएको बताए । […]
काठमाडौँ । धरौटी तिर्न नमानेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने ३ युवालाई जेल चलान गरिएको छ । यही चैत ७ गते बानेश्वरमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूलाई […]
दाङ । भवन निर्माणको भुक्तानी नपाएको भन्दै ठेकेदारले सल्यानको एक विद्यालयमा ताला लगाइदिँदा वार्षिक परीक्षा र प्रशासनिक कामकाज भएको छ । त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयबाट भुक्तानी नपाएको भन्दै ठेकेदार दामोदर वलीले दुईवटा भवनमा तालाबन्दी गरिदिएका हुन् । वलीले ८ कोठे र ४ कोठे गरी दुईवटा भवनमा चैत ३ गतेदेखि ताला लगाएको प्रधानाध्यापक […]
काठमाडौँ । नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको भन्दै द्वन्द्वपीडितहरू त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले आगामी वर्षको सार्वजनिक बिदामा जनयुद्ध दिवससहित पृथ्वी जयन्तीलाई बिदाको रूपमा थप गरेको छ । आइतबार ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् । उनीहरूले अदालतका सह-रजिस्ट्रार विमल पौडेललाई भेटेर रिट […]
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोप सम्बन्धी मुद्दाको फैसलाका लागि सोमबार पेशी तोकिएको छ। कुनै पक्षले स्थगित नगरेको अवस्थामा सुनुवाइको सम्भावना रहने छ। गत भदौमा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो। त्यति बेला विदेशमा रहेका सन्दीप एक महिनापछि आफू फर्कने जानकारी दिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा […]
काठमाडौं । राष्ट्रियसभा सदस्य गंगाकुमारी बेलवासेले मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेकी छन् । आइतबारको राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् । उनले अहिले देशभर नै मिटरब्याजपीडितको समस्या बढ्दै गएको भन्दै सरकारले गम्भीर बन्नुपर्नेमा जोड दिइन् । “एउटा दुःखलाग्दो आन्दोलन छ, मिटरब्याजी संघर्ष समितिको आन्दोलन । करिब २० वर्षयता मिटरब्याजमा पैसा लगाउनेहरू र […]
काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रभु साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले १० वर्षमा १० पटक नियमावली संशोधन गरेर कानुनको कभरमा ब्रह्मलुट भइरहेको आरोप लगाए । भन्सार ऐन र नियमावलीअनुसार समातेर बुझाउनेलाई ३० प्रतिशत र सूचना दिनेलाई १५ […]
काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद अशोक कुमार राईले प्रदेश नम्बर १ को नाम कोशी नाम राखिएपछि भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद राईले प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि तीव्र विरोध भएको उल्लेख गरे । सो विरोधको क्रममा […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार तीन एटीसीलाई कारबाही गरेको छ । एकै समयमा एकै उचाइमा उडानको अनुमति दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीन एटीसीलाई कारबाही गरिएको हो । घटनाका बारेमा छानबिन गर्न भन्दै अर्काे सूचना नआएसम्मका लागि उनीहरूलाई निलम्बन गरिएको छ । प्राधिकरणले उनीहरूको नाम खुलाएको छैन । घटनाबारे छानबिन गर्न प्राधिकरणले समिति […]
बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव बारास्थित गृह जिल्लाको भ्रमणमा आएका छन् । उपराष्ट्रपति भएपछि यादव पहिलो पटक आइतबार गृह जिल्ला आएका हुन् । उनको स्वागतमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, निवर्तमान संघीय सांसद रामबाबु प्रसाद यादव, प्रदेश सभा सदस्यहरू, पालिका प्रमुखहरू, स्थानीय प्रहरी प्रशासन प्रमुखहरू , जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरू रजनता समाजवादी पार्टीका नेता […]