रास्वपाको राजनीतिक दस्तावेज संसदीय दलको बैठकले पारित गर्यो १७ जनाको प्रतिनिधिमण्डल दस्तावेजमा खटेको पाइयो काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै पारित गरेको हो । रास्वपाले पारित गरेको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त […]
परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने बिपिन जोशीको रिहाईको पहलका लागि कतार बसाइँका क्रममा उनी दोहा २१ औं फोरममा पनि सहभागी हुने काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् । यस […]
आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि समय नै दिइयो बैठकबाट विनियोजन विधेयक पास गर्ने सरकारको तयारी विराटनगर ।। कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेकाे छ । अध्यादेशको बजेट प्रतिस्थापनका लागि पेश भएको विनियोजन विधेयकमाथि एमालेले ६ वटा र […]
राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति राखियो राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना) को पदावधि सकिँदै काठमाडौं ।। मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा […]
रास्वपाले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति सदस्यमा सांसदहरु बाहेक अन्य पनि केही थप्ने तयारी काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने भएको छ । यस विषयमा मंगलबार मध्यराति सहमति जुटेको एक नेताले बताए । रास्वपाका एक नेताले […]
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ। कांग्रेसले आगामी पुस १६ […]
अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता दुई नेताबीच सिंहदरबारमा भेट राजनीतिक विषयमा छलफल काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच सिंहदरबारमा भेट भएको हो । समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।
अधिवेशन नगरेर स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरे कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वत: विघटन काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा […]
देशभरका कारागारमा योग शिविर सञ्चालन गरिने नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुने पटकपटक शिविर सञ्चालन गरी सबैलाई योगाभ्यास गराइने काठमाडौं ।। देशभरका कारागारमा योग शिविर सञ्चालन गरिने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वःजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव […]
अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन विरूद्ध प्रदर्शन मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध ‘आन्दोलनलाई थप प्रभावकारी बनाउन राष्ट्रवादी पक्षधरसँग एलायन्सको तयारी काठमाडौँ ।। मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो । ‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचार […]
राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी काठमाडौँका आन्दोलन उपलब्धिविहीन सुर्खेत ।। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन्। भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिम र जाजरकोट पुगेर काठमाण्डौँ फर्कनेक्रममा मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन्। राजतन्त्र इतिहास […]
नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लाग्यो १६ र १७ गतेका लागि सम्मेलनको मिति तोकियो सम्मेलनको उद्धघाटन सभापति शेरबहादुर देउवाले गर्ने काठमाडौं ।। देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ । पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन हुन लागेको हो । सात प्रदेशमा सबै […]