नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह संघीयतासम्बन्धी सबै कानुन छिटो निर्माण गर्नुपर्ने नेपाली जनतालाई अधिकार दिलाउने काममा खेलेको भूमिका प्रसंशनीय काठमाडौं ।। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयतासम्बन्धी सबै कानुन छिटो निर्माण गर्नुपर्ने बताएका छन् । ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शोभाभगवतीस्थित उनको सालिकमा माल्यार्पण गरेपछि नेता सिंहले यस्तो बताएका […]
सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गर्यो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित निर्देशिकाका विषय सार्वजनिक हुन बाँकी काठमाडौं ।। सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त […]
पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने निर्णय दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने काठमाडौं ।। सरकारले पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषदको बैठक जारी जाजरकोटमा भूकम्पले पुर्याएको क्षतिका बिषयमा छलफल काठमाडौं ।। मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।
उपप्रधानमन्त्रीको यूएई भ्रमण स्थगित भ्रमण स्थगितगरी भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द काठमाण्डाै ।। उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले आउँदाे साेमवारदेखि मंसिर १ गते शुक्रवारसम्म संयुक्त अरब इमिरेट्स (यूएई) का लागि तय भएको भ्रमण स्थगित गर्नुभएको छ । यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा दुबईमा आयोजना हुन […]
प्रधानमन्त्री र सचिव वाङ छुङछेङको भेटघाट भेटमा दुई देशबीचको आपसी सहकार्य र हितका विषयमा छलफल काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले भेट गरेका छन् । बिहीबार बिहान बालुवाटार पुगेर उनले प्रधानमन्त्रीसित भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सहकार्य र हितका विषयमा छलफल […]
नेपाली काँग्रेसको महासमिति सदस्य पदका लागि झापामा कडा प्रतिस्पर्धा देखिएको छ । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा ११–११ जना गरी जम्मा ५५ जना महासमिति सदस्य निर्वाचित हुनुपर्नेमा पाँच वटै क्षेत्रमा गरी ९६ जनाले उम्मेदवारी दिएका छन् । सबैभन्दा बढी क्षेत्र नं ५ मा २१ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नं १ मा २० […]
कांग्रेसले २ महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा पठायो प्रभावकारिता, कमजोरी दुई महामन्त्रीले जानकारी लिने पार्टीले ५० लाख रुपैयाँ सहयोग पनि गर्यो काठमाडौं ।। नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण […]
रविले प्रधानमन्त्रीलाई दिए १४ बुँदे सुझाव तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउन आग्रह काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् । भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)बाट फर्किएपछि लामिछानेले राहत व्यवस्थापन र वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ सुझाव […]
नेकपा (एमाले) ले गर्यो सचिवालय बैठक आह्वान टोलीद्वारा मध्यपहाडी लोकमार्गको अवलोकन काठमाडौं ।। नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक अहिले दिउँसो १२ः४५ मा पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार पार्टीले चलाउन लागेको मध्यपहाडी लोकमार्ग अभियानबारे छलफलको मुख्य एजेन्डा छ । “मध्यपहाडी लोकमार्ग अभियानको कार्यक्रम […]
काठमाडौं, २२ कार्तिक । रास्वपाका सभापति रवि लामिछाने ठूला दलका शीर्ष नेताहरुको रवैयालाई लिएर आक्रोशित बनेका छन् । आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा परिवर्तन जोगाउन सबै दल एक ठाउँमा उभिने निश्कर्ष निकालिएको समाचार प्रवाह भएको थियो । त्यसबारे केन्द्रित भएर रविले आफ्नो धारणा सार्वजनिक गरेका छन् । जाजरकोट र रुकुम पश्चिम भूकम्पको मारमा परेको बेलामा […]
गणतन्त्रविरुद्ध देखिन खोजेको प्रहारको मिलेर प्रतिवाद गर्ने दलका शीर्ष नेताहरू लोकतन्त्रप्रति प्रतिबद्ध बैठकबाट आर्थिक स्थितिको चित्रण गरेर कसरी अघि बढ्ने निष्कर्षमा पुगिने काठमाडौं ।। शान्ति सम्झौतामा हस्ताक्षर गर्ने प्रमुख दलका शीर्ष नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध देखिन खोजेको प्रहारको मिलेर प्रतिवाद गर्ने निष्कर्षमा पुगेका छन् । आज सिंहदरबारमा बसेको बैठकपछि नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा […]