धनगढी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ धनगढी पुगेका छन्। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड केही समयअघि धनगढी आइपुगेका हुन्। आइतबार बिहान बुद्ध एयरको उडानबाट धनगढी आइपुगेका प्रधानमन्त्री प्रचण्ड अब केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिएका छन्। […]
काठमाडौं महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबावमा नगरेको बताएका छन् । आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले रविको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको जिकिर गरे । ‘प्रकियासम्मत रुपमा छानबिन टुंगिएको हो । राजनीतिक सौदावाजी र दवावमा टुंगिएको […]
काठमाडौं सरकारको न्युनतम साझा कार्यक्रममा सत्ता साझेदार दलहरूले असहमति जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम साझा कार्यक्रममा आपत्ती जनाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नीति कार्यक्रम भ्रष्टाचारविरूद्ध नरम देखिएको आरोप लगाएको छ। पार्टी प्रवक्ता मुकुल ढकालले यसअघि सरकारले ल्याएको न्युनतम कार्यक्रममा गैरआवासीय नेपालीको लगानीलाई सहज बनाउने,डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन […]
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सरकार एक्लैको प्रयासबाट सम्भव नहुने बताएका छन्। संघ,प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र,सहकारी क्षेत्र,गैरसरकारी क्षेत्र,नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]
काठमाडौं दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समीक्षा,कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ मन्त्री,सबै प्रदेशका मुख्यमन्त्री,मुख्यसचिव, जिल्ला समन्वय समिति महासंघ अध्यक्ष, नगरपालिका महासंघ, गाउँपालिका […]
काठमाडौं बैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले बिहीबार चैत २४ गते शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ […]
काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् । बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका हुन् । ‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए धेरै पल्ट, पार लागेन’ उनले भने, ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन बेर लगाउँदैनन् किनकि […]
काठमाडौं उपनिर्वाचन हुने तीन जिल्लामा भोलि शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । चितवन क्षेत्र नम्बर २, बारा –२ र तनहुँ– १ मा १० वैशाखमा उपचुनाव हुँदैछ ।
काठमाडौं नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै यसलाई रोक्न माग गरेका छन् । व्यवस्थित ढंगले फोहोर फाल्न बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाए पनि त्यहाँ अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै उनले एक पटक संसदीय टोली अनुगमनका लागि पठाउनुपर्ने माग गरे । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘एउटा संसदीय टोली […]
काठमाडौं नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन ।’ सरकारले १०० दिनको उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय […]
काठमाडौं विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा विशेषले गरेको फैसला चित्त ननबुझेको भन्दै आज सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्। प्रतिवादी कमल प्रसाद दाहाल,तेज नारायण चौधरी,हिरा […]
काठमाडौं नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई द्रुत गतिमा पारित गर्ने प्रस्ताव गरेको छ । बिहीबारको प्रतिनिधिसभाको बैठक अगाडि सभामुखको अध्यक्षतामा बसेको संसदमा रहेका राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुसँगको छलफलमा माओवादी केन्द्रले औपचारिक रुपमै यस्तो प्रस्ताव राखेको हो । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले विगतमा पनि छलफल भएको उल्लेख गर्दै सदनमै […]