राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट शुक्रबार साझ नेपाल आइपुगेका हुन् । नेपाल क्रिकेट संघ क्यानले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । ऊनी आगामी २ वर्ष नेपाली टोलीसंग रहनेछन् । ५६ वर्षीय स्टुअर्ट अष्ट्रेलियाका पूर्वक्रिकेटर हुन् । उनले सन् १९९४ […]
नेपाली क्रिकेटका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरीको र्याङ्किङमा गिरावट आएको छ । आईसीसी पुरुष टी–२० अलराउन्डर र्याङ्किङमा धेरै समय देखि दोस्रो स्थानमा रहेका एरि, पछिल्लो अपडेटअनुसार अब भने तेस्रो स्थानमा झरेका छन्। निरन्तर उत्कृष्ट प्रदर्शनका कारण शीर्ष स्थानमा उक्लिंदै गरेका ऐरीको पछिल्लो प्रदर्शन अपेक्षा अनुरूप नहुँदा वरियताक्रममा प्रभाव परेको छ । दीपेन्द्रको र्यान्किङ खस्किदा अस्ट्रेलियाका […]
कोशी प्रदेशका कप्तान तथा हेलिकप्टर सटका लागि चर्चित क्रिकेटर सिद्धान्त लोहनी दुई वर्षअघि जनकपुरमा भएको खेलमा गम्भीर घाइते भएका थिए। त्यसयता उनले पाँचपटक सर्जरी गराइसकेका छन्, तर अझै पूर्णरूपमा स्वास्थ्यलाभ गर्न सकेका छैनन्। नेपालका तर्फबाट सन् २०१५मा अन्तराष्ट्रिय क्रिकेटमा डेव्यु गरेका सिद्दान्त लोहनीले आफ्नो डेव्यु खेलमा नै हेलिकप्टर सट प्रहार गरेर चर्चा कमाएका थिए । […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।बिहीबार कुवेतविरुद्ध खेल्दै उनले बिना डक आउट अर्थात शुन्यमा आउट नभइकन धेरै इनिङ्स खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । दिपेन्द्र आफ्नो टी२० आई करियरमा अहिलेसम्म शुन्यमा आउट भएका छैनन् । ७६ खेल खेलेका उनी ६६ इनिङमा डकआउट भएका छैनन् भने १० […]
नेपाल आइसीसी एकदिवसीय वरियतामा १ स्थान माथि उक्लिएको छ। वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को वरियतामा नेपाल १६औँ स्थान रहेको छ। क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरियतामा पछि पारेको थियो। तर नेदरल्यान्ड्समा भइरहेको त्रिकोणात्मक […]
काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डो युट्युबमा आएका छन् । रोनाल्डोले बुधवार आफ्नो नयाँ युट्युब च्यानल UR Cristiano सार्वजनिक गर्दै अन्ततस् युट्युबमा आएका हुन् । सामाजिक सञ्जालमा विश्वमै सबैभन्दा बढी फलोअर भएका रोनाल्डो अहिलेसम्म युट्युबमा आधिकारिक रुपमा आएका थिएनन् । युट्युबमा उनले केही भिडियो समेत शेयर गरेका छन् । उनले युट्युब च्यानल मार्फत आफ्नो बारेमा थप […]
काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले काभा महिला भलिबल लिगको उपविजेता बनेको नेपाली टोलीका सदस्यलाई नगदसहित सम्मान गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित आज सम्मान गरेको हो । महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, […]
काठमाडौँ – श्रीलंकाले भारतसँगको जारी एकदिवसी सिरिज जितेको छ । बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज २-० ले जितेको हो । यस खेलमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछाएको भारतले २६.१ ओभरमा अल आउट हुँदै १३८ रन मात्र बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक […]
काठमाडौँ । महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग खेल्दै छ । काभा वुमन्स नेसन्स लिगमा मङ्गलवार नेपालले इरानलाई र भारतले श्रीलङ्कालाई हराउँदै उपाधिका लागि आमने९सामने हुन लागेका हुन् । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर बुधवार छ । […]
काठमाडौँ । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत सातौ खेलमामा नेपाली राष्ट्रिय टिमका दुई खेलाडी सहभागी भ्यानकुभर नाइट्स विजयी भएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको भ्यानकुभरले ५ विकेटको जित निकालेको हो। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मोन्ट्रियल टाइगर्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो। उसका लागि अजमातुल्लाह उमरजाईले ३० र शेर्फेन […]
काठमाडौँ। नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै ग्लोबल टी-२० लिगमा भ्यानकुभर नाइट्स लगातार तेस्रो खेलमा पराजित भएको छ। आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको हो। भ्यानकुभर नाइट्स यसअघि टोरेन्टो नेसनलसँग आठ विकेट र बंगला टाइगर्स २२ रनले पराजित भएको थियो। मन्ट्रिल […]
काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनल्स ग्लोबल क्यानडा ट्वान्टी-२० लिगमा पराजित भएको छ। सोमबार बिहान सम्पन्न खेलमा सरे जगुआरसँग टोरेन्टो ८० रनले पराजित भएको हो। टोरेन्टोको यो पहिलो हार हो। यसअघि टोरेन्टोले भ्यानकुभर नाइट्स र ब्राम्पटन वुल्भ्सलाई समान आठ विकेटले पराजित गरेको थियो। सरेको भने यो पहिलो खेल हो। सरेले दिएको […]