आज वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा आएको छ। संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो। काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ। उक्त सहरको एयर क्वालिटी इन्डेक्स १८३ छ। वातावरण […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घुस खाने मान्छे शानले हिँडेको देखेर आफूलाई लाज लाग्ने बताएका छन् । तनहुँ १ का रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि मान्छेले घुस खायो भन्दा पनि त्यो सानले हिँड्न सकेको देखेर मलाई लाज लाग्छ । म आफ्नो सिर झुकाउँछु। घुस खायो […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन आग्रह गरेको छ । महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नदिन आग्रह गरेको जानकारी दिनुभयो । शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग […]
वीरगन्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालि बन्द गर्न गाउँपालिका कार्यालयले निर्देशन दिए पनि फार्म सञ्चालकले भने त्यसलाई अटेरी गरेका छन्। गाउँपालिकाले निर्देशन दिंदासमेत फार्म सञ्चालकले अटेरी गरी फार्म सञ्चालनमै राखेपछि स्थानीयवासी थप आक्रोशति बनेका छन्। उनीहरुले बुधबार फेरि फार्म बन्दको माग गर्दै फार्मको मूल गेटअगाडि प्रदर्शन गरेका छन्। फार्मबाट निस्कने […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालको अल्पकालीन अन्तरिक आदेशले रोकिएको स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि पुनः आवेदन माग गरेको छ । बोर्डले ३० चैत बिहीबार एक सूचना प्रकाशित गर्दै २ असोजमा प्रकाशित सूचना अनुसार आवेदन ४५ दिन म्याद रहेकोमा १० दिन अगाडि सर्वोच्च अदालको अल्पकालिन अन्तरिम आदेश आएर आवेदन रोकिएकोले अब १० […]
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ। महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रङ्गशालामा पुगेर समापन भएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यवाहक मेयर काजीबहादुर […]
काठमाडौँ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को बुधबार साँझ प्रिमियर गरिएको छ । बिग मुभिज कमलपोखरीमा गरिएको प्रिमिएरमा रंगपत्रकार र फिल्मकर्मीको सहभागिता रहेको थियो । प्रिमियरमा फिल्मले तारिफ पाएको थियो । फिल्म हेर्ने अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरे । प्रिमियरमा सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढङ्गले […]
जाजरकोट । ठेक्का लिएको १० वर्षसम्म पुल नबनाउने ठेकेदार कम्पनीलाई सरकारले साढे आठ करोड रुपैयाँ जरिवाना गरेको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय दैलेखले मध्यपहाडी सडकअन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीमा पुल बनाउने जिम्मा लिएको वाईपी कन्स्ट्रक्सन प्रालिलाई साढे आठ करोड रकम जरिवाना तिराउने भएको हो। तर, जरिवाना भएको लामो समय बितिसक्दा पनि […]
भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ। नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आज बिहीबारदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय […]
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीलाई अपराधी भनिएको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको भनी एमाले सचिव रायमाझी र उनका छोराको समेत नाम आएको भनी प्रश्न उठाएका थिए । लगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले […]
काठमाडौं। रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परेर गरुडा–५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा निजामती ऐन नआउँदै नायब सुब्बाहरु किन आन्दोलनमा उत्रिएका भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई प्रश्न सोधेका छन् । बुधबार प्रतिनिधिसभामा मन्त्रीलाई प्रश्न गर्दै खतिवडाले वृत्ति विकासको लागि नायव सुब्बाहरु मन्त्रीको वरिपरि घुमेर अनसन बस्ने अवस्था किन सिर्जना भएको भनी प्रश्न गरेका हुन् । उनले […]