
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ । कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो । प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले […]
काठमाडौ । मुलुकी सङ्घीय संरचनामा गइसक्दा पनि ६७ वर्ष पुरानो विकास समिति ऐनमा टेकेर प्रत्यायोजित विधायनको मर्मविपरीत सरकारले गठन आदेश जारी सिलसिला नरोकेको संसदीय अध्ययनले देखाएको छ । सरकारद्वारा गठित सार्वजनिक खर्च कटौती आयोगले समिति खारेज तथा पुनर्संरचना गर्न सुझाए पनि सरकारले गठनको सिलसिलालाई झनै बढाएको हो । अध्ययनमा अधिकांश गठन आदेश प्रत्यायोजित विधायनविपरीत रहेको […]
श्रीमती र छोराको हत्या गरेर आत्महत्या मादकपदार्थ सेवन गरी घरायसी विवाद सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला विराटनगर ।। धनकुटा नगरपालिका-१, निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेका छन् । निगालेमा बस्दै आएका ३५ वर्षीय टिकाराम गुरुङले श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुषको हत्या गरी आत्महत्या गरेका प्रहरीले जनाएको […]
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । मङ्सिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने कार्यालयको भनाई छ । बिहीबार एकै दिन दुर्गा प्रसाईं […]
क्रोएसिया पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी सरदार विराटनगरबाट पक्राउ परे १ सय जनाभन्दा धेरै युवालाई राम्रो रोजगारी लगाइदिने भन्दै ठगी काठमाण्डाै।। झापाका एक सय जनाभन्दा धेरै युवालाई रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने सञ्जय सरदार विराटनगरबाट पक्राउ परेका छन् । मोरङ पोखरीया घर भएका सरदारले झापा कनकाई नगरपालिका-३ सुरुङ्गा बजार र कनकाई […]
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनचाँदी शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । छापावाल सुन तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा एक हजार ४५० […]
काठमाडौं ः मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सबै सम्पती आफ्नो सकेर भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलाई नछाड्ने चेतावनी दिएका छन्। हिजो झापामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली र बस्नेतलाई सो चेतावनी दिएका हुन्। हजारौँको संख्यामा उपस्थित भएका सर्वसाधारणलाई सम्बोधन आफुलाई मार्न सुटर समेत पठाइसकेको आरोप लगाएका छन्। उनले […]
काठमाडौं । सरकारको खातामा एक खर्ब बढेको छ । गत असारमा ७१ अर्ब ९८ करोड रहेकामा अहिले एक खर्ब थपिएर सरकारको खातामा एक खर्ब ७१ अर्ब रुपैयाँ रहेको देखिएको हो । सरकारलाई राजस्व प्राप्त भएपनि विकास निर्माणको भुक्तान गर्नुपर्ने रकम नगरेकाले खातामा पैसा बढेको देखिएको हो । ६ अर्ब रुपैयाँबराबरको निर्माण व्यवसायीको रकम भुक्तानी हुन […]
दुई युवाबीच झगडा हुँदा एकजनाको मृत्यु रुणले कुटेको पुरानो झगडाको बदलामा पुनःविवाद भएको खुलाशा घटनास्थलमा चप्पल तथा हेलमेट कपडा बरामद गुलरिया।। बर्दियाको गुलरिया नगरपालिका – ५ स्थित सन्तोषी-सुहेलवा सडकखण्डमा दुई युवाबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ। झगडाका क्रममा घाइते भएका गुलरिया नगरपालिका -६ निवासी २३ वर्षीय बरुण घिमिरेको मृत्यु भएको हो। लक्ष्मीपूजाको दिन मध्यरातमा […]
तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो सहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु तिथि अनुसार शुक्रबारबाटै धनतेरस पनि सुरु काठमाडौं ।। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ । काठमाडौं उपत्यकालगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइँचो लागेको हो । काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका क्षेत्रमा […]
विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाको मुद्दाको सुनुवाइ मंसिर ५ गते उच्च अदालत पाटनमा हुने भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा साढे चार महिनादेखि थुनामा रहेका नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा तिहारपछि मात्रै सुनुवाइ हुने भएको हो । उच्च अदालत पाटनका न्यायाधीशहरू मुरारीबाबु […]
एजेन्सी। निरन्तर उकालो लागेर ब्यारेलको १ सय डलर नजिक पुगेको कच्चा तेलको भाउ फेरि घट्न थालेको छ। बिहीबार विश्व बजारमा कच्चा तेलको मूल्य घटेर ७५ डलरमा झरेको छ। डब्ल्युटीआई क्रुडमा कच्चा तेलको मूल्य ब्यारेलको ७५.७२ डलरमा कारोबार भएको छ। यस्तै ब्रेन्ट क्रुडमा कच्चा तेल ब्यारेलको ७९.९५ र मुब्रान क्रुडमा ८०.८३ डलरमा कारोबार भएको आयल प्राइस […]