मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अख्तियारी नगरको कार्यपालिकाको बैठकले स्थगन गरेको जनाएको छ ।पौष १८ गते बसेको नगरकार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईँलाई दोस्रो नगरसभाले निर्धारण गरेर दिएको अख्तियार स्थगन गरेको हो । प्राप्त पत्रमा उल्लेख भए अनुसार अर्को निणर्य नभए सम्मका लागि चौलागाईँलाई दिएको अख्तियारी स्थगन गरिएको छ । ( हेर्नु होस पत्र)