May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापाको गौरादह खानेपानी तथा उपभोक्ता समितिमा काङ्ग्रेस – एमाले प्यानलसित राप्रपा-माओवादी-रास्वपाको प्यानल भिड्दै

  • साझा परिवेश
  • आइतवार, माघ २९, २०७९ १५:५२
झापाको गौरादह खानेपानी तथा उपभोक्ता समितिमा काङ्ग्रेस – एमाले प्यानलसित राप्रपा-माओवादी-रास्वपाको प्यानल भिड्दै
 
सुमित भण्डारी
झापा- गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको फाल्गुन ९ गते हुने निर्वाचनको लागी शनिबार मनोनयन दर्ता भएको छ। अध्यक्ष पदमा नगेन्द्र कार्की (नरेश) र कृष्णप्रसाद बाँस्कोटाको मनोनयन दर्ता भएको छ। काङ्ग्रेस -एमाले सम्मिलित प्यानलको नेतृत्व गर्दै कार्कीले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी सम्मीलित प्यानलको नेतृत्व गर्दै अध्यक्ष पदमा कृष्णप्रसाद बाँस्कोटाले मनोनयन दर्ता गरेका छ्न। काङ्ग्रेस -एमाले प्यानलबाट सचिवमा पुन्यप्रसाद सिग्देल, लेखा समिति संयोजकमा किशोरकुमार पौडेल, लेखा सदस्यमा रुद्र धमला र नारायण काफ्ले, कार्यसमिति सदस्यहरुमा नारायणकुमार कार्की, बिरेन्द्र बस्नेत, सीताकुमारी बुढाथोकी, रमेशकुमार थापा, कमलप्रसाद खतिवडा, महिला सदस्यहरुमा मन्दिरा खड्का, मुना संग्रौला, कौशिला कट्टेल, गोमा कडरियाको मनोनयन दर्ता भएको छ। राप्रपा-माओवादी-रास्वपा प्यानलबाट सचिवमा जगतबहादुर अधिकारी, लेखा संयोजकमा तिलक तिमल्सिना, लेखा सदस्यहरुमा सुदिप खड्का र मेनुका डाँगी, कार्यसमिति सदस्यहरुमा होमप्रसाद उप्रेती, धनपति भट्टराई, देवेन्द्रकुमार खड्का, बेनुप्रसाद काफ्ले र कुशहरी दाहाल, महिला सदस्यमा जमुना राजवंशी, पवित्रा आचार्य र बिष्णुमाया भुजेलको मनोनयन दर्ता भएको छ। गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा ३४१२ जना सदस्य रहेका छ्न
  • साझा परिवेश
  • आइतवार, माघ २९, २०७९ १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट