June 5, 2023 | सोमवार, जेष्ठ २२, २०८०
सुचनाहरु
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति पूर्वमहान्यायाधिवक्ताहरु अभियुक्तको प्रतिरक्षामा अवरोधपछि बैठक भोलिसम्म स्थगित मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक रास्वपाका उपनेताले गरे डेंगीबारे संकल्प प्रस्ताव दर्ता सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारीमा राष्ट्रिय योजना आयोगमा सदस्य ढुंगानाले पाइन जिम्मेवारी राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने : रास्वपा अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से रायमाझी र खाँण अदालतमा उपस्थित बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयकको तीन दलले गरे विरोध सेयर लगानीकर्ताको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने : अर्थमन्त्रालय प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नदिने

आउदो संसद बैठक: राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १७, २०७९ ११:५४
आउदो संसद बैठक: राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै

काठमाडौंः

बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको हो। संघीय संसद् सचिवालयले विशेषकारण बैठक स्थगित भएको जनाएको छ ।

संघीय संसद् सचिवालयले विशेषकारण बैठक स्थगित भएको जानकारी दिएको  छ । राष्ट्रपति निर्वाचन फागुन २५ मा र उपराष्ट्रपति निर्वाचन चैत्र ३ गतेका लागि तय भएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट सन्देशसहित प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची थियो।

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक,२०७८ माथि विचार गरियोस्’भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । यस्तै,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)विधेयक,२०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ता प्रस्तुत गर्ने कार्यसूची थियो।

‘संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्ने कार्यसूची तय भएपनि आजको बैठक स्थगित भएको हो।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १७, २०७९ ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।