sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रघुराज वन्त ओलम्पियनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ १७:२७
रघुराज वन्त ओलम्पियनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

 काठमाडौं ।

पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन रघुराज वन्त सम्मानित भएका छन् ।

२४ वर्षको उमेरमा मिस्टर काठमाडौं बनेका उनी राष्ट्रिय च्याम्पियन स्प्रिन्टर, नेपाल एमेच्योर एथलेटिक्स संघका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटीका महासचिव अनि ओलम्पियन रघुराज वन्तका थुप्रै आयामहरु छन् ।
यिनै आयामलाई कदर गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो ।

नेपाली खेलकुदमा उनी खेलाडीको भूमिका देखि प्रशिक्षक बन्दै संघ, परिषद ओलम्पिकक कमिटीको पदाधिकारसम्म बनेका थिए ।
उनले खेलाडीका रुपमा ओलम्पिक सम्मको उच्चतम यात्रा तय गरे, प्रशिक्षकका रुपमा उत्कृष्ट खेलाडीहरु उत्पादन गरे ।

पदाधिकारीका रुपमा एथलेटिक्स संघ हाँके अनि राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिव सम्म हुने नेपाली खेलकुदमा यस्तो दोस्रो पात्र छैनन् ।

बुबा गणेशराज वन्त नर शमशेरको पालाका नामुद फुटबल खेलाडी थिए । बुबा, बाजे दरबारमा काम गर्ने । शहिद धर्मभक्त माथेमा आफ्नै फुपूको छोरा । अनी रघुराज वन्तलाई पनि के नै कमी भयो र । शारिरीक सुगठनका शौखिन उनी २४ वर्षमा मिस्टर काठमाडौं बनेका थिए ।

उनले फुटबल, रक क्लाम्विङ, हक्की, टेबल टेनिस र बक्सिङ खेलेका छन् भने कायाकिङका त पहिलो ब्याचका खेलाडी नै हुन् । उनको प्रिय खेल भने एथलेटिक्स र त्यसमा उनको विधा १०० मिटर प्रिन्ट । १०० मिटरमा एकछत्र राज गरेका उनी ७ वर्ष लगातार च्याम्पियन भएका थिए ।

पढाइमा अब्बल, चाक्सीबारी घरानाका अनि हक्की स्वभावका वन्त तत्कालीन राजकुमार धिरेन्द्र शाहसँग हात मिलाउँदा ५ वर्ष निलम्बनमा परेका थिए । तर उनलाई पछि धिरेन्द्रबाटै माफी पनि भएको थियो ।

खेल्दा खेल्दै जापानमा पढ्न गएका वन्तले त्यहाँ स्पोर्ट्स फिजोलोजी पढ्दा नेपालका एक समयका चर्चित जर्मन प्रशिक्षक गुन्टर लाँगे उनका क्लास मेट थिए । त्यो ज्ञानलाई उनले नेपालमा बाँडेका हुन् ।

बैकुण्ठ मानन्धरले पहिलो दक्षिण एसियाली खेलकुदमा पहिलो स्वर्ण जित्दा वन्त उनका मेन्टर थिए ।

नेपाली सेनालाई त उनले धेरै वर्ष च्याम्पियन बनाए । ८० को दशकमा वन्त रोड रेसका पायोनियर थिए । आफ्ना सहकर्मी ÷चेलाहरुले उनको सम्मानमा ‘वन्त गोल्डेन स्प्रिन्ट मिट’ नामको प्रतियोगिता नै सुरु गरेको थिए ।

प्रजातन्त्र प्राप्तिपछि नेपाल एथलेटिक्स संघको अध्यक्ष बनेका वन्त राखेपको सदस्य हुँदै कोषाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिव बने ।

तर पदाधिकारीको रुपमा जिम्मेवारी बहन गर्दा भने उनको यात्रामा थुप्रै आरोह अवरोह आयो । फलत उनले यी सबै जिम्मेवारीहरु एकैपटक चटक्कै त्यागिदिए ।

खेलकुदमा चुर्लुम्म डुबेका उनी एकाएक खेलकुदबाट टाढिएर आध्यात्मिक दुनियाँमा जान खोजे पनि मनले मानेन । भौतिक रुपमा उपस्थिति नभए पनि भित्रभित्रै खेलाडीहरुलाई निरन्तर सहयोग गरिनै रहे ।

उनी नयाँ प्रतिभालाई प्रोत्साहन गरिरहन्छन् । खेलाडीको क्षमता पढ्न अब्बल उनले दुई वर्षको बीचमा नै सन्तोषी श्रेष्ठ जस्तो खेलाडी उत्पादन गरे । जसले १३ औं सागमा पहिलो महिला एथलेटिक्स खेलाडिको कीर्तिमान रच्दै सागमा स्वर्ण जितिन् ।

७२ वर्षका वन्तले खेलकुदमै जीवन समर्पित गरे । खेलकुदलाई दिन जानेका वनत्ले सन्तोषी जस्तै खेलाडीहरु उत्पादन गर्ने लक्ष्य बनाइसकेका छन् । बाँकी जीवन पनि एथ्लेटिक्स ट्रयाकमै बिताउने उनी बताउँछन् ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ १७:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid