April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

नेपालको खराब सुरुआत, दुबै ओपनर आउट

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २८, २०७९ १0:३७
नेपालको खराब सुरुआत, दुबै ओपनर आउट

काठमाडौं :

आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले खराब सुरुआत गरेको छ। दोस्रो ओभरमा पहिलो विकेट गुमाएको नेपालले पाँचौं ओभरमा अर्का ओपनर कुशल भुर्तेललाई पनि गुमाएको छ।
कुशल १५ बलमा आठ रन जोडेर आयान अफ्जल खानको बलमा एलबीडब्यूलको शिकार भए।

अर्का ओपनर आसिफ शेख पाँच बल खेलेर शून्यमा पेभेलियन फर्केका थिए। आर्यन लाक्राको बलमा बोल्ड हुँदै आसिफ पेभेलियन फर्केका हुन्।

नेपालले पाँच ओभरको समाप्तीमा दुई विकेट गुमाएर १२ रन जोडेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि कप्तान रोहित पौडेलले यूएईलाई फिल्डिङको निम्तो दिएका थिए। नेपाली टिममा दुई परिवर्तन भएको छ।

मुख्य प्रशिक्षक मोन्टी देशाईले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र तीव्र गतिका बलर करण केसीको स्थानमा ललित राजवंशी र गुल्शन झालाई मौका दिएका छन्। आजको खेलमा जित निकाल्न सके नेपालले एकदिवसीय मान्यता जोगाउने निश्चित हुनेछ।

यस्तै, लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राख्ने छ। आजको खेलमा पराजित भए सोझै ग्लोबल छनोटमा पुग्ने सम्भावना समाप्त हुनेछ।

आज यूएई पराजित भयो भने एकदिवसीय मान्यता जोगाउने गणितीय सम्भावना मात्रै कायम रहने छ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २८, २०७९ १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट