sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट : नेपालको विजय शुरुवात

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:४९
नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट : नेपालको विजय शुरुवात

विराटनगर । प्रथम रेडमण्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) विजयी शुरुवात गरेको छ ।

विसिसिएले ४ खेलको श्रृखलामा पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एसोसिएनलाई ९ विकेटले पराजित गरि १–० को अग्रता लिएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई ६६ रनको सामान्य स्कोर बनाएको थियो । भारतिय टोलीकालागि कप्तान रुतु भोस्लेले २० रन बनाउँदा दिक्षा सिंहले ११ रन बनाईन । नेपालकी अन्तराष्ट्रिय खेलाडी अस्मीता कर्मचार्यले ४ ओभरमा १ मेठन राख्दै ३ विकेट लिइन् । उनी खेलको प्लेयर्स अफ द म्याच समेत घोषित भइन् । त्यस्तै नेपाली टोलीकी कप्तान रुविना क्षेत्री, टिका साह, सवनम राई र कविता गौतमले १–१ विकेट लिइन् ।

जवाफमा ६७ रनको झिनो लक्ष्य पछ्याएको विसिसिएले १० ओभरमा १ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो । विसिसिएका लागि नेपालकी विकेट किपर काजल श्रेष्ठले ३७ रनमा अविजित हुँदा अर्की अन्तराष्ट्रिय खेलाडी अपसरी वेगम ४ रनमा अविजित भइन् । त्यस्तै अन्तराष्ट्रिय खेलाडी सम्झना खडकाले २१ रन बनाएर आउट भइन् । भारतकी मिनाक्षी कबदालले १ विकेट लिइन् ।

चैत ७ गतेसम्म हुने प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि–२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । प्रतियोगिता ५० ओभरको १ खेल र ३ वटा टि२० प्रतियोगिता हुने छ ।

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिको तर्फबाट नेपाली टोलीकी कप्तान रुबीना क्षेत्रीले कप्तानी गरेकी छिन् । विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, अस्मिना कर्मचार्य, कविता गौतम, सानु राजवंशीलेलगायतका अन्तराष्ट्रिय महिला खेलाडीहरुले खेल्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमागन गरिएको छ । प्रतियोगिताको विजेतासहित बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट किपरले पुरस्कार पाउने बताइएको छ ।

 

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid