sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्रीको तीन महिने कार्यकाल, १६ मन्त्रालयको भार, दुईपटक विश्वास

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ 0९:३१
प्रधानमन्त्रीको तीन महिने कार्यकाल, १६ मन्त्रालयको भार, दुईपटक विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको तीन महिना भएको छ।

पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले पुस २६ र चैत ६ मा गरी दुई पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्।  तीन महिनामा प्रधानमन्त्री प्रचण्डले ६ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। तर, मन्त्रीपरिषद् अहिले ७ सदस्यीय मात्रै छ। १६ वटा मन्त्रालय प्रधानमन्त्री आफैसँग छन्।

उनले पुस ११ मा आठ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा  माघ १३ गते पदमुक्त भए। उनको मन्त्रालय प्रधानमन्त्री आफैले राखे।  माघ २२ मा  रास्वपाका तीन मन्त्रीले राजीनामा दिए। उनले श्रम, शिक्षा मन्त्रालय आफै मातहतमा राखे। त्यसपछि फागुन १३ मा राप्रपाले आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो। उनले राप्रपाको भागमा परेका मन्त्रालय पनि आफैसँग राखे।

फागुन १५ मा एमालेले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रचण्डको भागमा १६ मन्त्रालय छ। सत्ता समिकरण बदलेर पुरानै गठबन्धन ब्युत्याएको कांग्रेसले राष्ट्रपति हात पारेको छ।

प्रधानमन्त्री प्रचण्डले एमालेलाई सभामुखमा समर्थन गरे भने राष्ट्रपतिमा कांग्रेसलाई समर्थन। चैत १० गते भित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहँदा भागबण्डा नमिल्दा अन्योल बढेको हो।  प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन दलको माग पूरा गर्न सकस परिरहेको छ। पुस १० मा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चेपुवामा परे  प्रचण्ड अहिले कांग्रेसको दवाबमा छन्।

कांग्रेस भित्रै मन्त्री बन्नेहरु आकांक्षीहरुको ताती लागेपछि सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री प्रचण्डसँग वान टु वान छलफल गरे। देउवालाई शेखर कोइराला पक्षको माग सम्बोधन गरेर गठबन्धन कायम राख्ने चुनौती देखिएको छ।

देउवा इतरका महामन्त्री गगन थापाले सरकारमा नजाँदै प्रधानमन्त्री प्रचण्डलाई चुनौती दिन थालेका छन्। सामुदायिक रेडियो प्रसारक संघको कायंक्रममा थापाले नागरिक तर्साउने काम नगर्न प्रधानमन्त्रीलाई चेतावनी नै दिए।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ 0९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid