November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

म आफैं आमा बनिरहँदा…

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १४:२४
म आफैं आमा बनिरहँदा…

आमाले झिसमिसेमै उठेर चलाएका
ढिकी जाँतोका आवाजहरू
एउटा सपनाजस्तै लाग्थे
म उठिसक्दा मेरो लागि
भान्सा तयार हुन्थ्यो
आमा आज नि निदाउनु भएन
म सुत्नेबेला सोच्थेँ
आमा मसँगै सुत्नुहुन्छ फेरि
म निदाइहाल्थेँ
सायद तिनै ढिकी, जाँतोका आवाजहरू
म निदाउँदै गर्दा गुञ्जन्छन्
आज पनि एक सपनाजस्तै लाग्छ
आमा त यसरी आमा हुनुभयो

भञ्ज्याङमा छोडेर
हात हल्लाउँदै गर्दा
म रुँदै स्कुल जान नमान्ने
र आमाकै गुन्यु समाउँदै पछ्याउँदा
पोल्टाबाट झिकेर दिएको मिश्रीको ढिको
आज पनि मुड्कीमा रसाइरहन्छ
यति विधि मिठो गुलियो थियो
हो, आमा त यसरी पो आमा हुनुभयो

मेलाबाट ल्याएको खाजा
मलाई अघाइस् भन्दै दिनुहुन्थ्यो
म मुड्की भरि-भरि खान्थेँ
मैले सोच्दिनथेँ आमालाई नि खानुपर्छ
र पनि आमा खुसी हुँदै चुलो बाल्न थाल्नुहुन्थ्यो
म बाल्टी बोकेर गोठतिर दगुर्थेँ
भैंसी दुहेको हेर्न निकै आनन्द आउFथ्यो
मैले पनि दुहेको भन्दै दुई डाडु दूध बढी माग्थेँ
मन लागिन्जेल दिनुहुन्थ्यो दूध र भात
हो, आमा त यसरी पो आमा हुनुभयो

उध्रिएको चोली टाल्दै गर्दा
चुँडिएको चप्पल जोड्दै गर्दा
म भने नयाँको माग गरिरहने
खै कसरी पो पुर्याइदिनुहुन्थ्यो
मेरो इच्छा र चाहनाहरू
म फुरुक्क नयाँ चप्पल पड्काउँदै
ओल्तिर पल्तिर गर्दा
मुसुक्क मुस्काउनुहुन्थ्यो आमा
राम्ररी हिँड् लड्लिस्
हो, आमा त यसरी पो आमा हुनुभयो

आमाका त्याग, बलिदान र सर्मपणहरूको
खै कसरी भारा तिर्नसक्छु र
जब-जब बुझ्ने हुन थालेँ
फेरि आमाले नै मलाई
पराईघर पठाइदिनु भो
त्यति नजिककी म
एक्कासी टाढा भएँ
यो कस्तो मायाको नाता हो
उहाँको अगाडि मेरो माया कम भैदिन्छ
आज फेरि समय यसरी बदलियो कि
म आफैं आमा बनिरहँदा
आमाजस्तै आमा बन्न सक्दिनँ कि
यही भयले सताइरहन्छ
मेरी आमा म पनि
तपाईं जस्तै बन्न सकूँ।

 

दिपिका अधिकारी

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्