May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज प्रधानमन्त्री प्रचण्डबाट शिलान्यास, यस्तो बन्दै छ भरतपुर विमानस्थल

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १0:३३
आज प्रधानमन्त्री प्रचण्डबाट शिलान्यास, यस्तो बन्दै छ भरतपुर विमानस्थल

१६ चैत, चितवन । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुन बिहान चितवन आएका छन् ।

उनी रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा पनि सहभागी हुनेछन् । चितवनका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।


भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गरिँदै छ । निर्माणको ठेक्का केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले पाएको छ । निर्माण सम्झौता २०७९ चैत ६ गते भएको थियो । टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुरसहित विराटनगर र नेपालगञ्जमा पनि चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको थियो । ती विमानस्थलहरुमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन छन् । यात्रुको चाप बढ्दा विमानस्थल साँघुरो भएकाले व्यावसायिक गतिविधिसमेत हुने गरी नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । अब बन्ने भवन अत्याधुनिक ‘कन्भेयर बेल्ट’सहितका हुनेछन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट