July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित फोहोर हेर्न संसदीय टोली पठाउन माग

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १५:१0
सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित फोहोर हेर्न संसदीय टोली पठाउन माग

काठमाडौं 

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै यसलाई रोक्न माग गरेका छन् ।

व्यवस्थित ढंगले फोहोर फाल्न बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाए पनि त्यहाँ अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै उनले एक पटक संसदीय टोली अनुगमनका लागि पठाउनुपर्ने माग गरे ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘एउटा संसदीय टोली बनाएर फोहोरमैला कसरी व्यवस्थापन भइरहेको रहेछ, कति अव्यवस्था रहेछ हेर्नुपर्यो ।’

पहिले सिसडोलमा जसरी फोहोर फालिएको थियो अहिले बञ्चरेडाँडामा पनि त्यस्तै अव्यवस्थित ढंगले फोहोर फ्याँकिएको सांसद पाण्डेले बताए । ‘वैज्ञानिक व्यवस्थापन गर्ने भनिए पनि फोहोरबाट निस्कने झोल पदार्थ जताततै फ्याँकिएका छन् । घरमा बस्न नसकिने अवस्था छ’, उनले भने ।
स्थानीय युवाले फोहोरमा बस्न सक्दैनौं भन्दा उल्टो प्रहरीले वारेन्ट जारी गरेको भन्दै सांसद पाण्डेले ती वारेन्टहरु खारेज गर्नुपर्ने बताए । बञ्चरेडाँडा क्षेत्रमा चिल र गिद्धले फोहोरमा आउने मासुका टुक्रा नजिकका घरको छानामा लैजाने गरेको भन्दै पाण्डेले त्यस क्षेत्र हवाइ रुट पनि पर्ने हुनाले चराका कारण दुर्घटना हुन सक्ने खतरा औंल्याए ।

स्थानीय कोल्पुखोलामा फोहोरको लिचेड बगाउन बन्द गर्नुपर्ने, बञ्चरेडाँडा क्षेत्रमा जाने सडक कालोपत्रे हुनुपर्ने, त्यहाँका विद्यालयमा शिक्षक दरबन्दी दिनुपर्ने र स्वास्थ्य उपचारको प्रबन्ध हुनुपर्ने सांसद पाण्डेले बताए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १५:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्