काठमाडौं
साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से ८.२८ अंकले घटेर १८६६.७८ मा बन्द भएको छ ।
यो साताको चौथो कारोबार दिन बुधबार मात्रै नेप्सेमा ८.३९ अंकको वृद्धि भएको थियो । अन्य दिन भने नेप्से घटेको थियो ।
बिहीबार २३ हजार ३८८ वटा कारोबारमा २८ लाख ७० हजार ८१९ कित्ता किनबेच हुँदा ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८१ करोड ६० लाख रुपैयाँको मात्रै कारोबार भएको थियो ।
बिहीबार धेरै नाफा कमाउने कम्पनीहरुमा क्रमशः कालिञ्चोक दर्शन लिमिटेड, सिटिजन्स म्युचुअल फन्ड–२, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल ल्यूव आयल लिमिटेड लगायत छन् ।