July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

देउवालाई प्रमुख विपक्षी दलको नेताको सुविधा दिने तयारी

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:२२
देउवालाई प्रमुख विपक्षी दलको नेताको सुविधा दिने तयारी

काठमाडौं । संघीय संसद सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सुविधा दिने तयारी गरेको छ ।

४ मंसिरको चुनावबाट निर्वाचित सांसदहरुले ७ पुसमा शपथ ग्रहण गरेका थिए । १० पुसमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो । त्यसबेला सरकारमा सहभागी नभएको कांग्रेस संसदमा प्रमुख विपक्षी दलको बेन्चमा बसेको थियो । २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पनि कांग्रेस विपक्षी दलको बेन्चमा नै बसेको थियो ।

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले सरकारलाई विश्वासको मत दिएको दल प्रमुख विपक्षी दल हुन नसक्ने दाबी गर्दै आएका छन् । यस विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ ।

कांग्रेसलाई पमुख विपक्षी दलको मान्यता नदिन माग गर्दै परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । यही बेला संघीय संसद सचिवालयले सरकारमा सहभागी नभएको समयको प्रमुख विपक्षी दलको नेताको मान्यतासहित त्यस अनुसार पाउने सुविधा कांग्रेस सभापति देउवालाई दिने तयारी गरेको हो ।

संघीय संसद सचिवालयका अनुसार कांग्रेस सभापति देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सेवा सुविधा प्राप्त गर्नेछन् ।

शेरबहादुर देउवा १० पुस २०७९ देखि ४ चैत २०७९ सम्म प्रमुख विपक्षी दलको नेता रहेको भनी संसदले विपक्षी दलको नेताको हैसियतमा पाप्त हुने सेवा सुविधा दिने तयारी गरेको हो ।

५ चैतमा कांग्रेसले सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । सोही निर्णय अनुसार कांग्रेस सरकारमा सहभागी भइसकेको छ ।

कांग्रेस सरकारमा सहभागी भइसकेपछि सहभागि हुनुभन्दा अगाडि प्रमुख विपक्षी दलको बेन्चमा बसेको आधारमा देउवालाई सुविधा दिने तयारी गरेको हो ।

संसद सचिवालयले यसअघि विवाद रहेको भनी देउवालाई अन्य सांसदले पाउने सरह सुविधा उपलब्ध गराएको थियो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्