November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:३८
सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ।
महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ ।

महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रङ्गशालामा पुगेर समापन भएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यवाहक
मेयर काजीबहादुर बस्नेतले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र सभ्य सहर बनाउने उद्देश्यका सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको बताए । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न रोग
लाग्नुका साथै सहरको सौन्दर्यतामा समेत ह्रास आएको उनको भनाइ थियो। “महानगरले सरसफाई अभियान पनि सञ्चालन गरिरहेको छ । सफाईका क्रममा नाला सफा गर्दा ७० प्रतिशत
सुर्तीजन्य पदार्थका खोलहरू भेटिएको छ,” बस्नेतले भने, “महानगरले सुरु गरेको अभियानमा साथ दिन सबैलाई आग्रह गर्दछु ।”

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यलाई हानी हुने बताए । उनले महानगरले लागू गरेको क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन गरे
कानुनीले तोकेको कारबाही हुने प्रजिअ भट्टराईको भनाइ थियो । “महानगरले सुरु गरेको यो अभियान अत्यन्तै राम्रो छ, यसमा सबैले साथ दिनुपर्छ,” उनले थपे, “यदि सार्वजनिक स्थलमा
सुर्तीजन्य पदार्थ सेवन गरेमा कानुनले तोकेअनुसारको कारबाही हुनेछ ।” उनले अभियानलाई प्रशासनको तर्फबाट सधैँ साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे महागरका
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पहिलो चरणमा अभियानअन्तर्गत ५ स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको जानकारी दिए ।
उनका अनुसार विद्यालय, स्वास्थ्य संस्था, महानगर र उससँग सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरू, बसपार्क र बसहरूमा सुर्तीजन्य पदार्थ गर्न पाइने छैन ।

“नगर सभाले गरेको निर्णयलाई वैशाख १ गतेबाट कडाइका साथ कार्यान्वयनमा ल्याउँदैछौं,” उनले भने, “आजको कार्यक्रममा आदरणीय मेयर साब र उपमेयर साब सहभागी हुन सक्नु भएन ।
उहाँहरू विदेशी दातृ निकायहरूसँग छलफल गर्न काठमाडौँमा हुनुहुन्छ । उहाँहरूको तर्फबाट पनि म शुभकामना व्यक्त गर्दछु ।” कसैले सेवन गर्न चाहेमा सुरक्षित तबरले अरूलाई हानी
नहुनेगरी सेवन गर्न सक्ने उनको भनाइ थियो । स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले महानगरवासीलाई जानकारी दिने उद्देश्यले प्रभातफेरी आयोजना गरिएको जानकारी दिए ।

प्रभातफेरीमा विराटनगर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल, ५ सन्तोष न्यौपाने, ८ का राम पोखरेल, १० अर्जुन गिरी, ११ का तीर्थचन्द्र न्यौपाने, १४ का सूर्यनारायण महतोका
साथै कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रमुख, महानगरका महाशाखा र शाखा प्रमुखहरू, विभिन्न कलेज, विद्यालय, नर्सिङ कलेज, हेल्थ कलेजका विद्यार्थीका साथै जनपद प्रहरी, सशस्त्र प्रहरी,
नगर प्रहरीको समेत सहभागिता रहेको थियो । मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा कसैसित पनि सम्झौता नहुने बताउँदै आएका छन् ।
उनले विराटनगर सबैको भएकाले व्यवस्थित बनाउन महानगरवासीलाई सहयोग गर्न पटक–पटक आग्रह गर्दै आएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्