काठमाडौं । बारा क्षेत्र नम्बर–२ मा सर्वदलीय÷सर्वपक्षीय बैठकको निर्णयानुसार मतगणनाको तयारी सुरु गरिएको छ । मतपेटिका गणनास्थलमा लगिएको छ ।
आज बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरिएको थियो । झन्डै डेढ घण्टा ढिलो गरी मतपेटिका गणनास्थलमा लगिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि अशोक चौधरीले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत यहाँ आइतबार मतदान भएको थियो । हिजो रातिदेखि नै मतगणनाको तयारी गरिए पनि वर्षा र हावाहुरीका कारण सम्भव नभएको बताइएको छ ।
बारा–२ बाट जनमत पार्टीका शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेललगायत उमेदवार प्रतिस्पर्धामा छन् ।