June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
सर्पले डसेर उपचारकै क्रममा निधन गर्मी बढेपछी चिसो पानीमा रमाउदै जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान सदनमा यी कुराहरु ध्यान दिनै पर्ने

बारा-२ का जनताले मेरो डिमान्ड गरिरहेका छन् :उपेन्द्र यादव

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १५:३५
बारा-२ का जनताले मेरो डिमान्ड गरिरहेका छन् :उपेन्द्र यादव

काठमाडौँ । गत मंसिरमा भएको चुनावमा बारा क्षेत्र नं २ बाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन लड्ने तयारी गरेका छन्। मंसिरमा भएको निर्वाचनमा यादवले सप्तरी क्षेत्र नं २ बाट हारेका थिए।

उनै यादव सत्ता गठबन्धनको तर्फबाट बारा क्षेत्र नं २ को उम्मेदवार बन्न खोजेका छन्। उम्मेदवार बन्ने चर्चाबारे हामीले यादवसँग संक्षिप्त कुराकानी गरेका छौं।

बारा-२ मा तपाईं उम्मेदवार बन्ने चर्चा चलेको छ, तपाई आकांक्षी भएर हो कि चर्चा मात्रै हो?

अब स्वाभाविक छ नि। खाली भएपछि चर्चा चलिहाल्छ।

तपाईं उठ्ने तयारीमै हो?

व्यक्तिभन्दा पार्टीले गर्ने निर्णय हो। पार्टीले जे निर्णय गर्छ, गठबन्धनले जे निर्णय गर्छ त्यही हुन्छ।

पार्टी र गठबन्धनले निर्णय गरेपछि तपाईं उम्मेदवार बन्ने हो?

उहाँहरूले गरेपछि कुरा अघि बढ्छ।

अहिलेसम्म उम्मेदवार बन्ने मनस्थिति छैन?

अहिलेसम्म त्यो विषयमा केही भएको छैन।

यसको मतलब, पार्टी र गठबन्धनले चाहेमा तपाईं तयार हो?

हो।

तपाईं आफैं पार्टी अध्यक्ष हुनुहुन्छ, तपाईंले चाहेपछि स्वाभाविक उम्मेदवार होला नि?

मैले चाहनेभन्दा पनि पार्टीले चाहनुपर्‍यो अनि गठबन्धनले चाहनुपर्‍यो। त्यो कुरा ठूलो हो।

तपाईंको पार्टीका कतिपय नेताहरूले बारा-२ को उम्मेदवार तपाईं हो भनेर औपचारिक रूपमै भनिसकेका छन्?

जनताले नै डिमान्ड गरिरहेको छ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।