April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

कांग्रेसले पार्टीका उम्मेदवारप्रति गरेको छल-कपट निर्वाचनपछि स्पष्ट हुनेछ: गोविन्दराज जाेशी

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:२५
कांग्रेसले पार्टीका उम्मेदवारप्रति गरेको छल-कपट निर्वाचनपछि स्पष्ट हुनेछ: गोविन्दराज जाेशी

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीले नेपाली कांग्रेसले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छल-कपट निर्वाचनको परिणामपछि स्पष्ट हुने बताएका छन्।

‍नेता जोशीले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

‘तनहुँ जिल्लामा हामीहरू कुनै पनि दल विशेषको सदस्य नभएकोले हामी स्वतन्त्र छौँ र स्वतन्त्र रही रहने छौँ। नेपाली काङ्ग्रेस पार्टीले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छल-कपट निर्वाचनको परिणामपछि स्पष्ट हुनेछ’, विज्ञप्तिमा उल्लेख छ।

उनले कांग्रेसले अलमल्याउने काम गरेकाले वार्ता समाप्त भएको बताएका छन्।

‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ आजदेखि नेपाली काङ्ग्रेस सँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

तनहुँ १ का उम्मेदवार गोविन्दराज भट्टराईलाई जिताउन क्रियाशील रहे क्रियाशील सदस्यता कायम रहने वक्तव्य जालझेलपूर्ण रहेको नेता जाेशीको भनाइ छ।

उनले गोविन्द जोशी कारबाही फिर्ता भयो भन्ने प्रचार झुठो हो भनी पुन: दाेहाेर्‍याएका छन्।

नेता जोशीले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम रहेको पनि बताएका छन्।

‘यो उप-निर्वाचमा हाम्रो आधिकारिक उम्मेदवार नभएता पनि प्रजातन्त्रमा विश्वास गर्ने व्यक्तिले मतदान नगर्नु स्वाभाविक नभएको हुनाले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम हुनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ।

उनले सत्य, न्याय र सामाजिक समृद्धिका लागि लडाइँ नसकिएको जनाउँदै सधैँ लडिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

‘सत्य, न्याय र सामाजिक समृद्धिका लागि हाम्रो लडाइँ सकिएको छैन। जसका लागि हामी सधैँ लडिरहने छौँ। अबको हाम्रो लडाइँ कुनै पनि राजनीतिक विचार भन्दामाथि उठेर पार्टीको झन्डामा सीमित नभएर देश र जनताका लागि हुने छ। किनभने राष्ट्र र राष्ट्रियताभन्दा माथि कुनै पनि राजनीतिक पार्टी हुन सक्दैन। जुन कुरामा न त हाम्रो हिजो विमति थियो न त आज नै’, विज्ञप्तिमा उल्लेख छ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट