sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘सार्वजनिक शिक्षा सुधार अनिवार्य’ : नेता सिंह

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० ११:३५
‘सार्वजनिक शिक्षा सुधार अनिवार्य’ : नेता सिंह
काठमाडौं ।

बुधवार त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको प्रयोगशाला भवन निर्माणको शिलान्यास गर्दै सिंहले केही सामुदायिक विद्यालयले दिएको स्तरीय शिक्षाकै कारण पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको पनि बताउनुभयो । सामुदायिक विद्यालयले स्तरीय शिक्षा दिन नसकेका कारण अभिभावकले बाध्य भएर निजी विद्यालयमा नानीबाबु पढाउनुपरेको बताउँदै सिंहले भन्नुभयो, “ तर हिजोआज सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण निकै बढेको छ । यसको ज्वलन्त उदाहरण विश्व निकेतन स्कुल बनेको छ । अन्य स्कुललाई पनि यस्तै बनाउन हामी सबैको पहल आवश्यक छ ।”

सामुदायिक विद्यालयमा राज्यको लगानी बढ्नुपर्ने पनि सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो निर्वाचन क्षेत्रमा मैले सामुदायिक विद्यालयको लागि प्रशस्तै लगानी गरेको छु । आउने दिनमा पनि विश्व निकेतनलगायत अन्य स्कुलको सुधारको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।”

कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालय सुधारको लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा मात्रै २२ करोड रुपियाँ लगानी गरिएको जानकारी दिनुभयो । सामुदायिक विद्यालयको स्तर उकास्न पुस्तकालय, प्रयोगशाला लगायत सूचना प्रविधिको विस्तारमा लगानी गर्नुपर्ने श्रेष्ठले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नमुना विद्यालयको लागि छुट्टाएको तीन करोड रुपियाँको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणको लागि मन्त्रालयले चार करोड रुपियाँ छुट्टाएको भए पनि टेन्डर प्रक्रियामा जाँदा तीन करोड रुपियाँमै निर्माण गर्न ठेकेदारले कबुल गरेका हुन् ।

उक्त भवनमा १४ वटा कोठा हुनेछ । ती कोठालाई प्रयोगशाला तथा सूचनाप्रविधको विस्तारमा प्रयोग गरिनेछ । विश्व निकेतन पछिल्लो समय विद्यार्थीको उच्च आकर्षण भएको सामुदायिक विद्यालयको रूपमा परिचित छ । यहाँ हाल चार हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थी पढिरहेको सहायक प्रधानाध्यापक केदार दाहालले जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid