April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अनुसन्धान ब्यूरो टोली भारत पुग्यो टोपबहादुरको खोजी गर्न

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १६:३३
अनुसन्धान ब्यूरो टोली भारत पुग्यो टोपबहादुरको खोजी गर्न

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा नाम जोडिएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझीको खोजी गर्न भारत पुगेको टोलीले अहिलेसम्म कुनै सुराक फेला पार्न सकेको छैन। रायमाझीको खोजी गर्न भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली गत शुक्रबार भारत गएको थियो।

रायमाझी भैरहवाबाट काठमाडौं आउन लागेका बेला वैशाख २० गते रातिबाट सम्पर्कबिहीन भएका थिए। त्यसपछि उनी भारत पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। रायमाझी सुरुमा लखनउ र गोरखपुर बसेको र पछि दिल्ली पुगेको सूचना पाएपछि सीआईबीको टोली भारत पुगेको हो।

भारतीय दूतावासमार्फत् रायमाझीलाई काठमाडौं ल्याउन सहयोग गर्दै प्रहरी भारत पुगे पनि उनी अहिलेसम्म फेला पर्न सकेका छैनन्। सीआईबीका एक अधिकारी भन्छन्, ‘भारतमा रहेको सूचना पाएपछि हाम्रो टोली भारत गएको हो। तर अहिलेसम्म कुनै प्रगति भएको छैन।’

वैशाख २० गते अर्घाखाँचीको कार्यक्रम सकेर उनी त्यसै दिन राति काठमाडौं आउने तयारीमा थिए। सोही अनुसार उनले भैरहवाबाट काठमाडौं आउनका लागि हवाई टिकटसमेत काटेका थिए। तर उनी एकाएक सम्पर्कविहीन भए। राति ९ बजेको फ्लाइटमा काठमाडौं आउने टिकट भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा गएर बसेको थियो। तर छोरा सन्दीप पक्राउ परेपछि उनी सम्पर्कविहीन भए।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।