March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
तत्कालीन अर्थमन्त्रीले अघि बढाएका राम्रा काम नरोक्ने वर्षमान पुनको भनाई १०८ जना घुमुवा प्रहरी काठमाडौं उपत्यकाका बाट हटाइयो सुदुरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन पर्वतका एक छात्रले १२ वर्षको उमेरमा नै दिए एसइइ कांग्रेस सांसद गुरुङलाई निलम्बन गर्ने निर्णय बदर अनेराश्वयुकी स्थायी कमिटी सदस्य रक्षा बम दुई दिनमै हिरासतमुक्त एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, सङ्घको वित्तीय सुशासनमाथि प्रश्न निजामती ऐन र प्रहरी ऐन कार्यान्वयनको प्रक्रियामा छ : प्रधानमन्त्री केही समयमै कांग्रेस सरकारमा फर्किन्छ : महामन्त्री गगनकुमार थापा लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्छ : सांसद विष्णुकुमारी सापकोटा नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन दर्जनौं कानुन फास्ट ट्रयाकबाट संशोधन गर्दै सरकार कांग्रेस सांसद गुरुङको निलम्बन सर्वोच्चद्वारा फुकुवा कानुनभन्दा माथि कसैले काम गर्न दबाब दिए मलाई भन्नुस् : गृहमन्त्री लामिछाने चौरासीको चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्छ : प्रधानमन्त्री प्रचण्ड सहकारीको समस्या प्रति कठोर कदम चाल्नुपर्ने मन्त्री अधिकारीको भनाई राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोशाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी अब सेवाको टोकन जारी भएकै लिन श्रम स्वीकृति दिइने , तिन सिफ्टमा सेवा सुचारु मिटरव्याज पिडीतमा विपन्न महिलाको ऋण मिनाह गर्ने मन्त्री चौधरीको भनाई

वीर अस्पतालका चिकित्सक आन्दोलित

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १३:0५
वीर अस्पतालका चिकित्सक आन्दोलित

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतका आवासीय चिकित्सकले आजदेखि वीर अस्पतालमा आन्दोलन सुरु गरेका छन् । बुधबार चिकित्सकले हातमा कालो पट्टी बाँधेर सेवा दिइरहेका छन् ।

चिकित्सकले बिहीबार एक घण्टा र शुक्रबार दुई घण्टा सबै काम छाडेर अस्पताल परिसरमा धर्ना दिने बताएका छन् ।
शनिबारसम्म पनि आफ्ना माग सम्बोधन नभए आइतबारदेखि अस्पतालका कुनै पनि सेवामा संलग्न नहुने रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले जनाएको छ ।

न्याम्समा अध्ययन गरी विभिन्न अस्पतालमा कार्यरत ४३८ आवासीय चिकित्सकले फागुनयताको निर्वाह भत्ता नपाएकाले आन्दोलनका कार्यक्रम घोषण गर्नुपरेको एसोसिएसनका अध्यक्ष शेषराज घिमिरेले बताए ।

आवासीय चिकित्सकको निर्वाह भत्ता चिकित्सा शिक्षा आयोगबाटै नआएका कारण भुक्तानीमा समस्या भएको वीर अस्पतालका कार्यकारी निर्देशक सन्तोष पौडेल बताउँछन् ।

एमडी, एमएस र एमडीएस अध्ययनरत आवासीय चिकित्सकले मासिक निर्वाह भत्ताका रूपमा आठौँ तहबराबर ४८ हजार ७ ३७ र डीएम, एमसीएच अध्ययन गरिरहेकाहरूले नवौँ तहबराबर ५६ हजार ७८७ रुपैयाँ पाउने व्यवस्था छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट