April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

विमानस्थलबाट खुल्यो साढे ९ किलो सुनको रहस्य

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १६:0८
विमानस्थलबाट खुल्यो साढे ९ किलो सुनको रहस्य

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (ई–सिग्रेट) भित्र राखेर सुन तस्करी हुने गरेको भेटिएको छ । भन्सार चेकजाँचका क्रममा विद्युतीय चुरोट (भेप्स) समातिएपछि छुटाउन प्रयास गर्दा झण्डै ९ किलो बराबरको सुन आएको भेटिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भेप्सको नाममा आएको सुन छुटाउन सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रवन्त खड्कासहित ४ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका एक जना प्रहरी अधिकृतका अनुसार १० पुस २०७९ मा चीनबाट आएको भेप्स नियमित चेकजाँचका क्रममा बिहान ९ः१० बजे बरामद भएको थियो । ७३ प्याकेटमा भएको ७ सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गरेको थियो ।

‘सुर्तीजन्य पदार्थ भएकाले त्यो लिलाम हुने कुरा पनि भएन, त्यत्तिकै थन्किरहेको रहेछ’, ब्यूरोका ती अधिकृत भन्छन्, ‘त्यहीबीच केही मान्छेहरु पटकपटक भेप्सबारे सोध्दै आएपछि शंका लागेको रहेछ ।’

 

‘बजार मूल्य अनुसार झण्डै ५ लाखको सामानका लागि धेरै प्रेसर गरेपछि शंका लागेर यसमा अनुसन्धान भइरहेको छ, लागूऔषध वा अरु केही हुनसक्ने देखिन्छ भनिदिएछन्’, उनले भने, ‘त्यसपछि पनि एक पटक ती व्यक्ति भन्सार पुगेपनि त्यहाँ पछि गएनछन् ।’

पटकपटक आइरहेका मान्छे आउन छाडेपछि भन्सार प्रशासकहरुलाई शंका लागेर सामान हेर्दा सामान सही अवस्थामा देखिएन । ‘सुटकेश त्यही थियो, तर भित्रको सामान फेरिइसकेको थियो’, स्रोत भन्छ, ‘पहिले जाँच गर्दाको फोटोहरु हेर्दा पनि मिलेन, त्यसपछि खोधखोज थालेका थियौं ।’

त्यसक्रममा गोदाम व्यवस्थापनमा खटिने नायब सुब्बा खड्कालाई बोलाएर भन्सारका हाकिमहरुले सोधपुछ गरेका थिए । सुरुमा त उनले त्यहीँ ‘मिसप्लेस’ भएको हुनसक्ने बताए ।

‘६ करोड रुपैयाँमा नासु खड्कासहित विचौलियाले सुन विक्री गरेको खुलेको छ’, एक अधिकृत भन्छन्, ‘त्यही विक्री गर्न खोजिएको १०० ग्राम सुन बरामद भएको छ, अरु सुन खोजी गरिरहेका छौं ।’

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १६:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।