sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इतिहास कोर्ने लक्ष्यमा नेपाल

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १0:३२
इतिहास कोर्ने लक्ष्यमा नेपाल
काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आफ्नो समूहको बलियो प्रतिस्पर्धी भारतको सामना गर्दै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजे हुने खेलमा नेपाल भारतलाई हराउँदै इतिहास कोर्ने लक्ष्यमा छ ।

एक खेल अगावै सेमिफाइनल पुगेको नेपाललाई आजको खेलमा जित वा हारको नतिजाले फरक त पार्दैन । तर, यसअघि तुलनात्मक रूपमा कमजोर मानिएका बङ्गलादेश र किर्गिस्तानलाई पराजित गरेको नेपालले भारतसँगको खेलबाट आफ्नो स्तर मापन गर्ने अवसर पाउँछ ।

भारतलाई हराए नेपाली टिममा रहेका युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने अवसर र समूह विजेता बन्ने अवसर छ ।

नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारत भिडेका थिए । जहाँ, पहिलो दुई सेट आफ्नो पक्षमा पारेको नेपालले त्यसपछि लगातार तीन सेट गुमाएसँगै रजत पदकमा चित्त बुझाउनु परेको थियो ।

समूह ए मा रहेको भारत र नेपाल लगातार दुई जितसँगै सेमिफाइनल प्रवेश गरिसकेका छन् । त्यसैले आजको खेल जितेर समूह विजेता बन्ने दुवै टिमको लक्ष्य हुनेछ ।

आजै हुने समूह बी को खेलमा काजकिस्तान र उज्वेकिस्तान पनि समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछन । लगातार दुई जितपछि काजकिस्तान र उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहेको छ । नेपाल रहेको समूह ए मा भारत, किर्गिस्तान र बङ्गलादेश छन् ।

भने, समूह बी मा उज्बेकिस्तान, श्रीलङ्का,माल्दिभ्स र काजकिस्तान छन् । काजकिस्तान जारी प्रतियोगितामा भलिबलको विश्व वरियतामा रहेको एक मात्र टिम हो । काजकिस्तान एसियन वरियताको पाँचौँ स्थानमा छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid