April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

इतिहास कोर्ने लक्ष्यमा नेपाल

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १0:३२
इतिहास कोर्ने लक्ष्यमा नेपाल
काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आफ्नो समूहको बलियो प्रतिस्पर्धी भारतको सामना गर्दै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजे हुने खेलमा नेपाल भारतलाई हराउँदै इतिहास कोर्ने लक्ष्यमा छ ।

एक खेल अगावै सेमिफाइनल पुगेको नेपाललाई आजको खेलमा जित वा हारको नतिजाले फरक त पार्दैन । तर, यसअघि तुलनात्मक रूपमा कमजोर मानिएका बङ्गलादेश र किर्गिस्तानलाई पराजित गरेको नेपालले भारतसँगको खेलबाट आफ्नो स्तर मापन गर्ने अवसर पाउँछ ।

भारतलाई हराए नेपाली टिममा रहेका युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने अवसर र समूह विजेता बन्ने अवसर छ ।

नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारत भिडेका थिए । जहाँ, पहिलो दुई सेट आफ्नो पक्षमा पारेको नेपालले त्यसपछि लगातार तीन सेट गुमाएसँगै रजत पदकमा चित्त बुझाउनु परेको थियो ।

समूह ए मा रहेको भारत र नेपाल लगातार दुई जितसँगै सेमिफाइनल प्रवेश गरिसकेका छन् । त्यसैले आजको खेल जितेर समूह विजेता बन्ने दुवै टिमको लक्ष्य हुनेछ ।

आजै हुने समूह बी को खेलमा काजकिस्तान र उज्वेकिस्तान पनि समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछन । लगातार दुई जितपछि काजकिस्तान र उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहेको छ । नेपाल रहेको समूह ए मा भारत, किर्गिस्तान र बङ्गलादेश छन् ।

भने, समूह बी मा उज्बेकिस्तान, श्रीलङ्का,माल्दिभ्स र काजकिस्तान छन् । काजकिस्तान जारी प्रतियोगितामा भलिबलको विश्व वरियतामा रहेको एक मात्र टिम हो । काजकिस्तान एसियन वरियताको पाँचौँ स्थानमा छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट