sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विद्यालयमा सूर्यविनायक मोडल लागु गर्ने निर्णय

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १२:१४
विद्यालयमा सूर्यविनायक मोडल लागु गर्ने निर्णय

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले २६ फागुन २०७९ एउटा सूचना जारी गर्यो, ‘सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गर्ने ।’

उक्त सूचनामा सूर्यविनायक नगरपालिकाले आफ्नो सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ लाई उद्धृत गरेको छ । त्यसपछि नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्यांकन समिति गठन गर्नको लागि पनि आवेदन मागेर डा. मनप्रसाद वाग्लेको संयोजकत्वमा विज्ञ समूह बनाएर समिति गठन गरेको थियो ।

नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमल्सिनाका अनुसार उक्त समितिले आवेदक शिक्षकहरुको प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ता लिएको थियो । उक्त प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ताको आधारमा नगरपालिकाले २८ विद्यालयका प्रधानाध्यापक छनौट गरेको थियो । १८ वटा आधारभूत विद्यालय र १० वटा माध्यमिक विद्यालयको प्रधानाध्यापक छनौट गरेको थियो ।

उपप्रमुख तिमल्सिनाका अनुसार ६ जना विज्ञहरुको समितिले प्रधानाध्यापकको अन्तर्वार्ता र अंक दिएको आधारमा नतिजा निकालिएको हो ।

‘समितिमा कोही जनप्रतिनिधि हुँदैनन्, आग्रह पूर्वाग्रह केही हुँदैन प्रधानाध्यापकको लागि आवेदन दिने शिक्षकहरुको प्राप्तांकको आधारमा छनोट हुने हो’, उपप्रमुख भट्टराईले भनिन् ।

शैक्षिक योग्यता, शिक्षण अनुभव, शिक्षकले अध्यापन गराउने सम्बन्धित विषयको पछिल्लो तीन वर्षको नतिजा सिट र विद्यालयको विकास प्रस्तावको आधारमा प्राप्तांक तय हुने कार्यविधि रहेको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।

प्राप्तांकको आधारमा सार्वजनिक हुने नतिजामा प्रथम, दोस्रो र तेस्रो हुनेले सम्बन्धित तहको विद्यालय छनौट गरेर प्रधानाध्यापक हुन पाउनेछ । कार्यविधि अनुसार विद्यालयको विकास प्रस्तावमा ५ वर्ष प्रधानाध्यापक हुँदा विद्यालयमा के-के गर्न सकिन्छ भन्ने योजना प्रधानाध्यापक छनौट समितिलाई बुझाउनुपर्ने हुन्छ ।

सूर्यविनायक नगरपालिकाले अभ्यास गरिसकेको उक्त छनौट विधि काठमाडौं उपत्यकाका अन्य स्थानीय तहमा लागु गर्ने काठमाडौं मेयर्स फोरमले निर्णय गरेको छ । ललितपुर महानगरपालिकामा बसेको मेयर्स फोरमको बैठकले अन्य पालिकाहरुमा पनि सूर्यविनायक मोडल लागु गर्ने निर्णय ७ जेठमा गरेको फोरमका अध्यक्ष रहेका ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १२:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid