sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गगन थापा : अब उमेदवार छानिन्छ, गुट भत्किन्छ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १६:२८
गगन थापा : अब उमेदवार छानिन्छ, गुट भत्किन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नबदलीयसम्म नेपालको शासन व्यवस्था नबदलिने भन्दै कांगेसलाई बदल्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन उद्घाटनमा महामन्त्री थापाले कांग्रेस रूपान्तरण अनिवार्य भएको बताए । “अहिलेको कांग्रेस नबदली विश्वास फर्किनेवाला छैन । बदल्ने भनेको कांग्रेसलाई ठिक बाटोमा हिँडाउने हो,” थापाले भने, “कांग्रेस १४औँ महाधिवेशन पछि विधानअनुसार चल्न सकेको छैन । वर्तमान नेतृत्वबाट जनतामा आशा फर्कनेवाला छैन ।”

उनले कांग्रेसले सबैभन्दा बढी विश्वास कांग्रेस सबल भएकै ठाउँमा गुमाएको भन्दै विश्वास फर्काउनु चुनौतीपूर्ण भएको बताए । “कांग्रेसले आफू सबल भएका ठाउँमै विश्वास गुमाएको छ । यो समस्या कांग्रेसले समाधान गर्न सकेको छैन, या गर्छ भनेर जनतालाई विश्वास लागिरहेको छैन,” थापाले भने । उनले पार्टीभित्र सामूहिक नेतृत्वको अभ्यास नहुनु, विधान अनुसार नचल्नु, जनताका समस्या समाधानमा ध्यान नदिनु र जनताका अपेक्षा विपरीत चल्नु समस्या भएको बताए ।

“कांग्रेसमा सभापतिको एकल शो चल्यो । पार्टीभित्र सल्लाह भएन विधानको पालना भएन । अहिले प्रचार विभाग बन्यो, काविल साथी आउनुभएको छ, मैले गरेको भए पनि उहाँलाई नै छान्थे,” थापाले भने, “तर, त्यो काम विधानले तोकेको समयमा भएन, एउटा विभाग बन्यो, अरू बनेनन् । सभापतिलाई मन लाग्यो बनाउनुभयो ।” उनले पार्टीभित्र हुने गुट सामान्य भए पनि गुटहरू गिरोह बनेकोमा चिन्ता व्यक्त गरे ।

“गुट हुनु सामान्य कुरा हो । तर, कांग्रेसका गुट गिरोहमा परिणत भएका छन् । यसको अन्त्यका लागि गुट भत्काउनुपर्यो। त्यसका लागि सदस्यता प्रणाली परिवर्तन गर्नुपर्छ,” थापाले भने, “उमेदवार संसदीय समितिले होइन, क्षेत्रभित्रका कांग्रेसका क्रियाशिलले छान्ने व्यवस्था गर्ने हो । अव गुट यसरी अन्त्य हुन्छ ।” उनले देशभरका कांग्रेसलाई समस्याबाट नभाग्न आग्रह गर्दै हाम्रो कांग्रेस हामी बनाउँछौँ, लड्छौ भन्ने संकल्प गर्न आह्वान गरे ।

 

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid