May 17, 2025 | शनिबार, जेष्ठ ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केशवले ठगेका छैनन्, उनी ठगिएका हुन् : अधिवक्ता विकास

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १६:१२
केशवले ठगेका छैनन्, उनी ठगिएका हुन् : अधिवक्ता विकास

काठमाडौं ।।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार भनिएका केशवप्रसाद दुलालका वकिलले उनी ठग नभएर आफैँ ठगिएको दाबी गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

सरकारी वकिलबाट सुरु भएर जाहेरीवाला हुँदै अहिले अभियुक्ततर्फका वकिलको बहस सुरु भएको छ । बहसका क्रममा दुलालका वकिलहरूले उनकी श्रीमतीलाई क्यान्सर भएको, उपचार गर्न कठिन भइरहेको र अमेरिका गए उपचार गर्न सक्ने भएकाले नक्कली भुटानी शरणार्थी बनेर उनी आफैँ अमेरिका जान लागेको बताएका छन् ।

उनीहरूले दुलाललाई ठगिको योजनाकारका रूपमा प्रस्तुत गरिए पनि उनी आफैँ अमेरिका जान पाउने भनेर पैसा दिएर ठगिएको उनीहरूको दाबी छ । दुलालका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता विश्वास आचार्य, विकास थापा, राज भट्टराईसहितले दुलालविरुद्ध ठगीको आरोप लगाए पनि पुष्टि हुने आधार नरहेको जिकिर गरे ।  “अभियोगपत्रमा मौकाको बयान (प्रहरी अगाडि) सन्देश शर्माले म र मेरा आफन्त समेतबाट एक करोडभन्दा बढी लिएर म आफैँलाई ठगिएको हो भनेको अवस्था छ,” अधिवक्ता विकास भट्टराईले भने, “इजलासमा बयान गर्दा मौकाकै बयान पुष्टि भएको छ ।”

उनले दुवै बयानबाट उनी ठगीमा संलग्न भएको नभएर आफैँ ठगिएको पुष्टि हुने उनको दाबी छ । यस्तै अधिवक्ता भट्टराईले दुलालले रकम फिर्ता माग्दा उल्टो धम्की पाएको भन्दै आफैँ अमेरिका जाने प्रयासका लागि पहल गरिरहेको व्यक्तिलाई ठगी पुष्टि नहुने बताए । संगठित अपराध पुष्टि हुने आधार पनि नरहेको वकिलहरूको दाबी छ । संगठित अपराध लागि संगठन बन्नुपर्ने, अपराधमा जिम्मेवारी बाँडफाँट हुनुपर्ने र त्यसको परिचालक हुनुपर्ने भन्दै त्यस्तो अवस्था पनि नरहेकाले संगठित अपराधको आरोप पुष्टि नहुने दाबी गरेका छन् ।

 

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट