December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १७:0४
डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी
  • चिकित्सकहरूमाथि हातपात र आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग
  • दिनरात खटेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको मनोबल गिरिसक्यो 
  • कुनै पनि देशमा राम्रो स्वास्थ्यका लागि बलियो डाक्टर-बिरामी सम्बन्ध अनिवार्य हुन्छ

काठमाडौं ।।

सामाजिक अभियन्ता डा. गोविन्द केसीले चिकित्सकहरूमाथि हातपात र आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । “यो अवस्थामा तत्काल त्यस्ता घटना रोक्न तथा तिनमा संलग्न हुनेहरूलाई हदैसम्मको कारबाही गर्न, आवश्यक परे नयाँ कानुनी व्यवस्था गर्नसमेत हामी नेपाल सरकारसित जोडदार माग गर्दछौँ,” डा. केसीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य सेवाको गुणस्तर बढाउनका लागि देशभर सार्वजनिक स्वास्थ्य संस्थाहरूको क्षमता बढाउन, स्तरोन्नति गर्न, केन्द्रीय अस्पतालदेखि स्वास्थ्यचौकीसम्म आवश्यक भौतिक पूर्वाधार पुर्‍याउन तथा ती संस्थामा उपचार निःशुल्क बनाउन र सूचीकृत सबै निःशुल्क औषधिहरू सहज रूपमा उपलब्ध गराउन समेत उनले सरकारको ध्यानाकर्षण गरेका छन् ।  चिकित्सकहरूमाथि भइरहेका हातपात र आक्रमणका घटनाहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले यस्ता घटनाले न्यूनतम सुविधामा दिनरात खटेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको मनोबल गिर्नुका साथै देशको सिंगो स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त हुने अवस्था सिर्जना भएको बताएका छन् ।

 

 

“कुनै पनि देशमा राम्रो स्वास्थ्यका लागि बलियो डाक्टर-बिरामी सम्बन्ध अनिवार्य हुन्छ । त्यसका लागि देशमा पर्याप्त पूर्वाधार र जनशक्तिसहितका सार्वजनिक अस्पतालहरू हुनुपर्छ । नेपालमा एकातिर सरकारी संस्थामै निःशुल्क उपचार छैन, निजी अस्पतालहरूको शुल्क अचाक्ली महंगो छ भने अर्कातिर चिकित्सक र स्वास्थ्यकर्मीहरू श्रम शोषणको शिकार बनेका छन्,” उनले भनेका छन् । प्रतिकूल अवस्थाका बाबजुद निरन्तर बिरामीको सेवामा खट्ने डाक्टर र स्वास्थ्यकर्मीहरूमाथि आक्रमण हुँदासमेत सरकारले आवश्यक कारबाही नगरेको उनले बताएका छन् ।

डा. केसीले विज्ञप्तिमा भनेका छन्, “यसबीच नेपाल सरकार र नेपाल चिकित्सक संघबीच बारम्बार विभिन्न सहमति भए पनि सरकारले त्यसलाई कार्यान्वयन गर्ने गरेको छैन । त्यस्तै चिकित्सक संघले समेत कुनै घटना भएपछि तात्नेबाहेक यस्ता समस्याको दीर्घकालीन समाधानका लागि दलीय स्वार्थबाट माथि उठेर काम गर्न सकेको छैन । फलस्वरुप देशभरका चिकित्सक र स्वास्थ्यकर्मीले प्रणालीमा विश्वास गुमाइरहेका छन् ।”देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले अहिलेझैँ प्रणालीमा विश्वास गुमाउँदै जाने हो भने आउन सक्ने विकराल अवस्थाका लागि नेपाल सरकार जिम्मेवार हुने उनले बताएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।