November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

६८ सहकारीलाई कारबाही गर्न महानगरको पत्र

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १४:३९
६८ सहकारीलाई कारबाही गर्न महानगरको पत्र
  • कारबाहीको लागि प्रहरीलाई तीन महिनामा ८ वटा पत्र
  • १५० सहकारीमा समस्या
  • ललितपुरमा १५ वटामा समस्या

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको छ ।

महानगरले २०७२ सालदेखि २०८० असारसम्म गरेर करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा कारबाहीको लागि पत्र पठाएको हो । बचतकर्ताले दिएको उजुरीका आधारमा महानगरले प्रहरीलाई पत्र पठाएको हो ।

महानगरको सहकारी विभागका अनुसार २०७२ र ०७४ सालमा १-१ वटा, ०७५ सालमा दुई वटा, ०७६ सालमा ५ वटा, २०७७ सालमा ११ वटा र ०७८ सालमा १८ वटा सहकारीबाट बचतकर्ताका रकम हिनामिना भएको भन्दै प्रहरीलाई पत्र काटिएको थियो । त्यसयता भने सहकारीले रकम अपचलन गरेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । २०७९ यता मात्रै ३० वटा सहकारीले ३३ करोड ६३ लाख रकम हिनामिना गरेको विभागले जनाएको छ ।

महानगरले प्रहरीलाई पठाएको पत्रका अनुसार महानगरको कार्यक्षेत्रभित्र पर्ने सहकारीमध्ये गृहशान्ति बचत तथा ऋण सहकारी संस्थाले सबैभन्दा धेरै ३९ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको छ । त्यसपछि अस्मोसिस बचत तथा ऋण सहकारी संस्थाले ७ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको देखिएको छ ।

यस्तै ३ करोडमाथि बचत अपचलन गरेको भन्दै कारबाहीका लागि सिफारिस गरिएका सहकारीहरुमा हलमार्क बचत तथा ऋण सहकारी संस्था, मानापाथी बचत तथा ऋण सहकारी संस्था, अभिमत बचत तथा ऋण सहकारी संस्था, नव संकल्प बचत तथा ऋण सहकारी संस्था, जिलेट बचत तथा ऋण सहकारी संस्था र पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था छन् ।

संख्याका हिसाबले आरक्ष ऋण तथा बचत सहकारी संस्थामा सबैभन्दा धेरै ५८८ जना बचतकर्ताले रकम फिर्ता नपाएको उजुरी परेको महानगरले जनाएको छ । उनीहरुले २ करोड ५० लाख रुपैयाँ दाबी रकम सहित गुनासो आएपछि महानगरले प्रहरीलाई कारबाही गर्न पत्र लेखेको थियो ।

त्यस्तै दोस्रोमा द नेक्स्ट सहकारी संस्थाले बचत फिर्ता नगरेको भन्दै २४४ जनाले उजुरी दिएका छन् । उनीहरुले १ करोड ८२ लाख रुपैयाँ बचत फिर्ता नआएको दाबी गरेका छन् । मध्यविन्दु बचत तथा ऋण सहकारीमा १७७ जना र नवसंकल्पमा ११३ जनाले बचत फिर्ता नभएको भन्दै उजुरी दिएका छन् । त्यहीअनुसारको पत्र महानगरले प्रहरीलाई पठाएको छ ।

तीन महिनामा ८ वटा पत्र

काठमाडौं महानगरको सहकारी विभागले २०८० साल लागेपछि मात्रै ८ वटा सहकारी विरुद्ध प्रहरीलाई पत्र काटिसकेको छ ।

त्यसमध्ये अभिमत बचत तथा ऋण सहकारी संस्थाका १९ जना बचत कर्ताले ३ करोड ८९ लाख रुपैयाँ बचत फिर्ता गराउन पहल गरिदिन भन्दै परेको उजुरीको आधारमा प्रहरीलाई पत्राचार गरिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार १८ असारमा पनि प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाविरूद्ध उजुरी परेको थियो । सो सहकारी संस्थाले २ करोड ५० लाख रुपैयाँ बचत फिर्ता नगरेको उजुरी बचतकर्ताले गरेपछि प्रहरीलाई पत्राचार गरिएको छ ।

१५० सहकारीमा समस्या

प्रहरीमा कारबाहीका लागि उजुरी परेको ६८ सहकारी संस्था बाहेक अन्य करिब १५० वटा सहकारी संस्था समस्याग्रस्त रहेको महानगरले जनाएको छ ।

‘महानगरले प्रहरीलाई पत्र नकाटेको १५० जति सहकारी संस्था समस्यामा छन् । बचतकर्तालाई रकम फिर्ता गर्छु भन्दै ती सहकारी संस्थाका सञ्चालकहरू सम्पर्कमा छन् । त्यसैले अहिले नै कारवाहीका लागि प्रहरीलाई पत्र नकाटेका हौं,’ महानगरको सहकारी विभागकी महाशाखा प्रमुख विमला कोइरालाले भनिन् ।

ललितपुरमा १५ वटामा समस्या

ललितपुर महानगरपालिका मातहतमा रहेका सहकारीहरुमा भने ठूलो समस्या नदेखिएको महानगरले जनाएको छ ।

बचतकर्ताको रकम उठाउन दुई वर्ष अगाडि एक सहकारीको नाममा प्रहरीलाई खबर गर्नुपरे पनि अहिले त्यस्तो अवस्था नरहेको महानगरका सूचना अधिकारी देवीप्रसाद गुरागाईंले बताए ।

‘हाम्रोमा १५ वटा जति सहकारीमा १०÷१२ लाख रुपैयाँ बचतकर्ताको रकम तलमाथि भएको भन्दै गुनासो आएको छ, त्यो महानगर आफैंले हल गर्न सक्ने समस्या हुन्,’ गुरागाईंले भने ।

उनले ललितपुरमा ३१९ सहकारी रहेकामा नियमित साधारण सभा तथा लेखापरीक्षण नगर्ने १५ सहकारीलाई कारवाही गरिएको समेत बताए ।

महानगरले १४ फागुनमा १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको थियो । महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने त्यस्ता सहकारी संस्था खारेजी गरिएको महानगरको भनाइ छ ।

खारेजी भएका सहकारीको नाममा कुनै कारोबार गर्न नपाउने कानुनी व्यवस्था महानगरले गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्