April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

प्रधानमन्त्रीको राजीनामा माग्दैमा दिनुपर्छ भन्ने छैन : मन्त्री शर्मा

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १३:५४
प्रधानमन्त्रीको राजीनामा माग्दैमा दिनुपर्छ भन्ने छैन : मन्त्री शर्मा
  • विपक्षीले माग्ने र प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने अभ्यास छैन ।
  • गठबन्धन दल र जनता सरकारको साथमा छ सरकार ढल्दैन ।

काठमाडौं ।।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । विपक्षीले माग्ने र प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने अभ्यास नभएको उनले बताइन् ।

प्रेस सेन्टर नेपालले शुक्रबार काठमाडौंको संवाद डबलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भनिन्, ‘विपक्षीले माग्ने र प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने सम्भवत कुनै पनि प्रजातान्त्रिक मुलुकमा छैन ।’ गठबन्धन दल र जनता सरकारको साथमा रहेको भन्दै उनले सरकार नढल्ने बताइन् ।

सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको भनेपछि उनको आलोचना भइरहेको छ । प्रचण्डको यही अभिव्यक्तिपछि संसदमा अवरोध गर्दै आएको एमालेले प्रधानमन्त्रीको स्पष्टीकरणले नपुग्ने र राजीनामा दिनुपर्ने बताएको छ । तर मन्त्री शर्माले प्रधानमन्त्रीले राजीनामा नदिने बरु संसदमा आफ्ना कुरा राख्ने जानकारी गराइन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।