काठमान्डौ ।।
नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचनमा व्यबसायीहरुको हक हितका निम्ति उपयोग गर्ने वाचा गर्दै चुनावी मैदानमा होमिदै छन् शसी प्रसाद भटराई (एस पी भट्टराई ) ।
उनि बताउछन विगत १३ बर्ष देखी शैक्षिक परामर्शदाताको रूपमा एडुकेयर अब्रोड कन्सल्ट मार्फ़त सेवा प्रदान गर्दै आएको छु । सम्पूर्ण शैक्षिक परामर्शदाता साथीहरुको हकहितको रक्षा गर्दै हाम्रो छाता संगठनलाई थप सशक्त बनाउन मलाई कार्यसमिती सदस्य पदमा प्रचुर मतले बिजयी गराई सेवा गर्ने अवशर प्रदान गरिदिनुहुन सम्पूर्ण व्यबसायी मित्र हरु लाई हार्दिक अनुरोध गर्दछु। आफ्नो अनुभवलाई अझ बढि संस्थाको विकास र हक हितका निम्ति उपयोग गर्ने समेत वाचा गर्छु ।
नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचन असार ३० गते हुने भएको छ । हुन गइरहेको इक्यानको कार्य समितिको निर्वाचनमा उनले बिष्णु हरि पाण्डेको प्यानल बाट सदस्य पदमा उम्मेद्वारी घोसणा गरेका हुन् ।